रविलाई भिम रावलको कडा टिप्पणीः बोल्दैमा महामन्त्री पार्टीबाट निष्कासित भएछन्
काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इङ्गित गर्दै पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेर निरङ्कुशता देखाएको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले आजभोलि राजनीतिक दलहरूमा प्रश्न सोध्न पनि नपाइने गरेको बताएका हुन् । उनले प्रश्न गरेकै भरमा महामन्त्री ढकाललाई पार्टीबाट निष्कासित गरिएको बताए । उनले भयङ्कर लोकतन्त्रवादी राजनीतिक दल भन्ने तर व्यवहार निरंकुशतावादी रहेको बताए ।
उनले रास्वपा सभापति एवं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै टेलिभिजनमा काम गर्दा नेपाल नै उथलपुथल बनाइदिने जस्तो गरी कुरा गरेपनि सरकारमा आउँदा त्यस्तो नभएको बताए । उनले नागरिकता, राहदानी दुईरदुई वटा बोकेर हिँड्नेले देश विकास गर्न नसक्ने बताए ।
उनले लामिछानेलाई सो पदमा राख्नेहरू पनि उत्तिकै जिम्मेवार रहेको बताए । नेपाललाई एकाधिकार पुँजीवादको खेल मैदान बनाउने काममा नेपालका ठुला राजनीतिक दलका ठुला नेता आफैँ लागेको रावलको भनाई थियो । सहकारीमा भएको ठगी नेपाली राजनीतिको विकृति, चरम सत्ता स्वार्थसँग जोडिएको उनले जिकिर गरे ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #डा. मुकुल ढकाल, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्