शक्ति र सत्ताको दुरुपयोग गरेर बजेट विनियोजन भयोः प्रमुख सचेतक रोकाय
काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले विनियोजन विधेयकका शिर्षक मापदण्ड, सिद्धान्त र प्राथमिकताको विपरित रहेको बताएका छन् । सोमवारको राष्ट्रिय सभा बैठकमा उनले बजेट मन्त्रीहरुले आफूखुशी ल्याएको बताएका हुन ।
उनले बजेटको मूल्य मान्यतामा नै त्रुटी भएको बताए । मन्त्रीहरुले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै जिल्ला, निर्वाचन क्षेत्रमा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार, दुरुपयोग गरेको पुष्टि भएको प्रमुख सचेतक रोकायको भनाई छ । बजेट विनियोजन शक्ति र सत्ताको दुरुपयोग गरेर ल्याएको उनले जिकिर गरे ।
उनले भने, ‘आर्थिक वर्ष २०८१\०८२ का बजेटका सिद्धान्त र प्राथमिकतालाई टेकेर सोका आधारमा यो बजेट आयो की आएन भन्नेकुरा मुख्य हो । बजेट निर्माण गर्दा कुनै न कुनै मापदण्डमा टेकेर निर्माण गरिन्छ । तर अहिलेका विनियोजनका विभिन्न शिर्षक हेर्दा बिना मापदण्ड, सिद्धान्त र प्राथमिकताको विपरित मन्त्रीहरुले आफूखुशी बजेट ल्याएको देखियो ।
यो बजेटलाई समग्रतामा हेर्दा मूल्य मान्यतामा नै त्रुटी देखियो । मन्त्रीहरुले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै जिल्ला, निर्वाचन क्षेत्रमा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार, दुरुपयोग गरेको पुष्टि भएको छ । यो शक्ति र सत्ताको ठाडो दुरुपयोग हो । बजेटको मुल मान्यतामा नै गम्भीर त्रुटी देखियो । ’
रोकायले बजेट मन्त्रालयगत विनियोजनमा गैरजिम्मेवार र लज्जस्पद स्थिति देखिएको बताएका थिए ।
क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कृष्णबहादुर रोकाय
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्