Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

चालु आर्थिक वर्षमा थपिए ६१ वटा नयाँ मेनपावर कम्पनी, ४३ वटा खारेज


काठमाडौं । वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षको हालसम्म ६१ वटा नयाँ मेनपावर कम्पनी दर्ता गरेको छ । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा विभागले ६१ वटा नयाँ मेनपावर कम्पनी दर्ता गराएको हो ।

विभागले ११ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै वैशाखसम्म ५८ वटा र जेठमा ३ वटा नयाँ मेनपावर कम्पनी दर्ता गराएको हो । यो अवधिमा ४३ वटा मेनपावर कम्पनीको खारेजी तथा धरौटी फिर्ता गरिएको विभागले जनाएको छ ।

वार्षिक तीन हजार जनासम्म कामदार पठाउने कम्पनीलाई ५० लाख नगद धरौटी र डेढ करोड रुपैयाँको बैङ्क ग्यारेन्टी राख्नुपर्ने कानुनी व्यवस्था छ ।

त्यस्तै पाँच हजार जनासम्म कामदार पठाउने कम्पनीलाई एक करोड नगद धरौटी र तीन करोड रुपैयाँको बैङ्क ग्यारेन्टी तथा वार्षिक पाँच हजार जनाभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीलाई दुई करोड नगद धरौटी तथा चार करोड रुपैयाँको बैङ्क ग्यारेन्टी राख्नुपर्ने कानुनी प्रावधान छ ।

यो वर्ष दर्ता भएका कम्पनीहरूले तीन हजार जनासम्म कामदार पठाउनेगरी दर्ता भएका हुन् । उनीहरुले नगद ५० लाख धरौटी र डेढ करोड रुपैयाँ बैङ्क ग्यारेन्टी राखेको विभागले जनाएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #आर्थिक वर्ष, #नयाँ मेनपावर कम्पनी, #वैदेशिक रोजगार विभाग

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं