दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न आदेश

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार पनि इडीका वकिलहरूले थप अनुसन्धानका लागि अझै हिरासतमा राख्न अनुमति मागेका थिए । तर, न्यायाधीश न्याय बिन्दुको इजलासले उनलाई बिहीबार जमानतमा छाड्न आदेश दिएको ‘लाइभ ल डटइन’ले लेखेको छ ।
मदिरा नीतिमा अनियमितता गरेको अभियोगमा भारतको प्रवर्तन निर्देशनालय ९इडी० ले केजरिवाललाई १२ मार्चमा पक्राउ गरेको थियो । भारतको लोक सभा चुनावलाई लक्षित गरेर अदालतले यसअघि १० मेमा उनलाई अन्तरिम जमानतमा छाड्न आदेश दिएको थियो ।
त्यसअनुसार २१ दिन जेलबाहिर रहेर उनी चुनावपछि फेरि तिहाड जेल फर्किएका थिए । चुनावअघि भएको गिरफ्तारीलाई लिएर नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि प्रश्न समेत उठेको थियो । विपक्षी दलहरूले उनलाई नियतवश थुनिएको आरोप लगाएका थिए ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #केजरीवाल, #धरौटीमा छाड्न आदेश
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्