Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर


काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर हुँदैछ ।

आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूका प्रश्नको जवाफ दिने संघीय संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा मन्त्रालयगत बजेटमाथि उठेका विषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिनेछन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रधानमन्त्री प्रचण्ड, #सांसदहरूका प्रश्न

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं