सहकारी संसदीय समितिमा २० वटा समस्याग्रस्त सहकारीको फाइल बुझाइयो
काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीसँग छलफल गरेको छ । सहकारी वचत दुरुपयोगसम्बन्धि छानविन गर्ने कार्यादेशसहित सो विशेष समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकमा मन्त्री अधिकारी, मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसहितका सम्वद्ध निकायसँग प्रारम्भिक छलफल गरेको हो ।
सम्बन्धित मन्त्री र सम्वद्ध सबै निकायका पदाधिकारीसँग छलफल गरिएको र सहकारीको वचत रकम दुरुपयोग सम्बन्धि छानविनका लागि महत्वपूर्ण जानकारी प्राप्त भएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए । बैठकमा समस्याग्रस्त २० वटा सहकारी संस्थाका पदाधिकारीहरुले सो सम्बन्धमा लिखित जानकारी गराएका थिए ।
सोही जानकारीको आधारमा कामलाई तिब्रता दिने समितिले जनाएको छ । बैठकमा विशेष समितिले दुरुपयोग भएका बचतकर्ताहरुको ५ लाखसम्मको रकम फिर्ता गर्ने सरकारको बजेट सम्बन्धि कार्यक्रम लागू गर्ने बारेमा पनि मन्त्री अधिकारीसँग छलफल भएको थियो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि सहकारीको वचत रकम दुरुपयोगमा संलग्न रहेको आरोप लगाउँदै त्यसको छानविनका लागि संसदीय समिति नै गठन गर्नुपर्ने नेपाली काँग्रेसले माग गरेको एमालेका सांसद थापाको नेतृत्वमा सो विशेष समिति बनाइएको हो । विशेष समितिले ३ महिना भित्रको समयावधि भित्र आफ्नो काम सक्नेगरी कार्यादेश बनाएको र सोही अनुसारको छलफलको कामलाई निरन्तरता दिने जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गरिवी निवारण, #बलराम अधिकारीसँग
ताजा खबर
- १ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- २दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ३आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ४तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा
- ५एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक



तपाईको कमेन्ट लेख्नुहोस्