काठमाडौं महानगरका मेयर बालेन रिसाउनुको के हो वास्तविकता ? कांग्रेस–एमालेमाथि आक्रोश किन ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र वडाध्यक्षहरुबीच जुहारी चलेको छ । नीति तथा कार्यक्रममा नै असन्तुष्टी जनाएका वडाध्यक्षहरुलाई मयेर शाहले कांग्रेस एमालेको धङधङी नदेखाउन चेतावनी दिएपछि उनीहरु आक्रोशित भएका हुन् । मेयर शाहलाई सहयोग गर्दा गर्दै पनि उनले तीन नेताको संज्ञा दिएर सामाजिक सञ्जालमा स्टाट्स राख्नु दुर्भाग्य भएको उनीहरुको भनाई छ । काठमाडौं महानगरपालिकाको नगरसभा तथा १५ औं अधिबेशनको दोस्रो बैठक ।
महानगरका प्रमुख बालेन्द्र अर्थात बालेन शाहले जेठ ३२ गते प्रस्तुत नीति तथा कार्यक्रममा बोल्न चाहनेलाई ५ मिनेटभित्र नाम टिपाउन आग्रह गरे । बालेनले सोचेका थिए नगरसभामा उपस्थित जनप्रतिनिधिहरुले नाम देलान । तर, जनप्रतिनिधिहरु त एक अर्को गर्दै बैठकबाट बाहिरिन थाले । नगरसभाको बाहिरिएको भिडियोमा कोही पनि बोलेका छैनन् । बरु एकअर्को गर्दै बैठक हल नै खाली हुन थालेपछि उनै मेयर बालेनले बैठक स्थगित भएको सुचना पढे । सूचना अनुसार असार १० गते ११ बजे अव नगरसभा बैठक बोलाइएको छ ।
बैठक स्थगित गर्ने मेयर बालेनले एकैछिनमा सामाजिक सञ्जालमा एउटा पोष्ट गरे । जहाँ मेयर शाहले ३ नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भएको बताएका छन् । काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारे छलफल बन्द कोठामा नहुने उनको भनाइ छ । ’३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भयो ।
काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारे छलफल बन्द कोठामा हुँदैन,’ उनले लेखेका छन्, ’जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।’ नगर सभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारूपमा नरहने भन्दै १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहने उनको भनाइ छ । तर, मेयर शाहको यो सामाजिक सञ्जालको स्टाट्स नै देखेर जनप्रतिनिधि नै अच्चमित छन् । अझ कांग्रेस एमालेले धङधङगी नदेखाउन दिएको चेतावनीले मेयर शाहले कुन तरिकाबाट लेखेका हुन आफूलाई थाहै नभएको बताएका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसी आफूहरुले मेयर शाहको काममा कुनै अवरोध नगरेको र सहज बातावरण बनाउदा पनि तीन नेता भन्दै आरोप लगाउनु दुर्भाग्य भएको बताउछन् । मेयर शाहले कार्यपालिका बैठक लाइभ गर्ने भनिएपनि सबै बैठक लाइभ नगर्ने गरेको पाइएको छ ।
वडाध्यक्षहरुसँग छलफल र बहस भएको कुरा लाइभ नगरेर आफू मात्रै हाइलाइट हुन त्यो गरिएको जनप्रतिनिधिको आरोप छ । कांग्रेस एमाले नभनी महानगरपालिकाको विकासमा टेवा पु¥याउन सहयोग गर्दा गर्दै मेयर शाहले तीन नेता भनेर अपमान गरेको गुनासो गरेका छन् । कांग्रेस एमाले र जसपा गरी तीन नेताहरुलाई मेयर शाहकै काममा सघाउ पुग्नेगरी आफूहरुले जिम्मेवारी दिएको वडाध्यक्षहरुले बताएका छन् । सामाजिक सञ्जालमा रमाएर महानगरको विकास नहुने भन्दै सच्चिन बालेनलाई आग्रह समेत गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #बालेन्द्र शाह, #वडाध्यक्षहरुबीच जुहारी
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्