टी–२० मा छिटो विकेटको शतक पूरा गर्ने विश्वको दोस्रो बलर बने सन्दीप

काठमाडौं । नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेले टी–२० आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् ।
सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै १०० पूरा गरेका हुन् । योसँगै उनी टी–२० आई क्रिकेटमा छोटो एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।
उनले ५४ टी२० आई खेलमा १०० विकेट पूरा गरेका हुन् । छिटो १०० विकेट पूरा गर्ने खेलाडीको सुचीको पहिलो स्थानमा अफगानिस्तानका रसिद खानको नाममा छ ।
उनले ५३ खेलमा एक सय विकेट पूरा गरेका थिए । सन्दीप टी २० आई क्रिकेटमा १०० विकेट विकेट पूरा गर्ने पहिलो नेपाली बनेका छन् ।
क्याटेगोरी : खेलकुद, जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #सन्दीप लामिछाने
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्