Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

बंगलादेशसँग नेपाल २१ रनले पराजित,नेपाली क्रिकेटप्रेमी निरास


काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी–२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको छ। केवल एक सय ७ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन जोड्यो । २६ रनमा ५ विकेट गुमाएको नेपालले छैटौँ विकेटका लागि ५२ रनको साझेदारी गर्दै जितको सम्भावना देखाएको थियो ।

१७ औँ ‌ओभरको चौथो बलमा कुशल मल्ल छैटौँ विकेटका रुपमा आउट हुँदा नेपालले ७८ रन जोडेको थियो। नेपाललाई अन्तिम तीन ओभरमा २९ रन चाहिएको थियो । १८ औँ ओभरको पहिलो बलमा दीपेन्द्रले छक्का प्रहार गरेपछि खेलमा नेपाल बलियो बनेको थियो। तर उक्त ओभरको पाचौँ बलमा गुल्सन झा गोल्डेन डक आउट भए ।

१९ औँ ओभर मुस्ताफिजुर रहमानले विकेट मेडन फ्याँके। सुरुका पाँच बलमा रन नदिएका मुस्ताफिजुरले अन्तिम बलमा दीपेन्द्रलाई आउट गरेका थिए । त्यसपछि लगातार दुई बलमा नेपालले दुई विकेट गुमाएर अलआउट भएको थियो । नेपालका लागि कुशल मल्लले ४० बलमा २७ र दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २५ रन जोडे ।

अनिल शाह, गुल्सन झा, सोमपाल कामी, अविनाश बोहराले खाता खोल्न सकेनन् । सन्दीप लामिछाने शून्यमा नटआउट रहे। रोहित पौडेल र सन्दीप जोराले एक एक रन बनाए भने आसिफ शेखले १७ र कुशल भुर्तेलले ४ रन जोडेर आउट भए । बंगलादेशका तान्जिम हसन सकिबले ४ ओभरमा २ मेडन राखेर ७ रन खर्चँदै ४ विकेट लिए ।

मुस्ताफिजुर रहमानले ४ ओभरमा एक मेडन राखेर ७ रन खर्चँदै ३ विकेट हात पारे। २।२ ओभर बलिङ गरेका सकिब अल हसनले ९ रन दिएर २ विकेट लिए । तान्जिमको घातक बलिङपछि नेपाल २६.५ को स्थितीमा पुगेको थियो।

अघिल्लो खेलमा पनि नेपालले दक्षिण अफ्रिकालाई एक सय १५ रनमा सिमित गरेर पनि जित हात पार्न सकेको थिएन । नेपाल एक रनले पराजित भएको थियो। नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म टेस्ट मान्यताप्राप्त टोलीलाई हराउन सकेको छैन।


क्याटेगोरी : खेलकुद, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अमेरिका, #विश्वकप

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं