अमेरिकीद्वारा सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार, सामाजिक सञ्जालमा आलोचना
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बुधबार लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका छन् । नेपाल क्रिकेट संघको निर्णयअनुसार उहाँ वेस्टइन्डिज र अमेरिकामा यही जुनमा हुने टी–२० विश्वकप खेल्न जाने तयारीमा छन् ।
नेपाली टोली यसअघि नै विश्वकप खेल्न गइसकेको छ । उनले फेसबुकमा अमेरिकी दूतावासले सन् २०१९ मा जस्तै फेरि एक पटक भिसा दिन अस्वीकार गरेकोले विश्वकपमा खेल्ने चाहना पूरा हुन नसकेको भन्दै माफ गरिदिन आग्रह गरे । यस्तै, लामिछानेलाई भिसा नदिएकोमा व्यापक आलोचना भएको छ ।
नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अमेरिकी दूतावासको सामाजिक सञ्जालमा व्यापक आलोचना गरिरहेका छन् । हालसालै अमेरिकी दूतावासले सार्वजनिक गरेको क्लर्क र क्यासियरको जागिरको विज्ञापनको सूचनामा फेसबुक प्रयोगकर्ताहरूले व्यापक आलोचना गरेका हुन ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #क्रिकेटर सन्दीप लामिछाने, #लामिछानेलाई भिसा दिन अस्वीकार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्