रवि लामिछाने छानबिन समिति बनाउन तयार रहको प्रधानमन्त्रीको दाबी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी छानबिनका लागि संसदीय समिति बनाउन तयार रहेको दाबी गरेका छन् । उनले अब अहिलेको गतिरोध अन्त्यका लागि छानबिन समिति नै समाधानको बाटो हुने पनि बताएका हुन ।
पछिल्लो चरणमा स्वयं गृहमन्त्री रवि लामिछाने पनि समिति बनाएर समाधान हुन्छ भने म तयार छु भनेको स्थिति पनि छ । आशा गरौं अब त्यतैतिर जान्छ यो समस्याको समाधान, गरिने उनको दाबी छ ।
शनिबार कान्तिपुर हाफ म्याराथुनको उद्घाटनपछि कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सहकारीको विषय उठाएर संसद् अवरुद्ध गर्नु गलत भएको बताए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गृहमन्त्री रवि, #सहकारी छानबिन
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्