प्रहरी हिरासतमा रहेका थुनुवाहरुको निःशुल्क स्वास्थ्य परीक्षण (फोटो फिचर)
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले थुनुवाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नेपाल औषधी व्यवसायी संघ कास्की र पद्म नर्सिङ होम अस्पताल नदिपुर–३ को सहयोगमा प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा अनुसन्धानको क्रममा रहेका थुनुवाहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माको प्रमुख आतिथ्यतामा नेपाल औषधी व्यवसायी संघ कास्की जिल्लाका अध्यक्ष धिरज गौतम, पद्म नर्सिङ होमका संचालक एवं सुपरभाईजर यादव गौतम, वरिष्ठ फिजिसियन डा. सुदर्शन सुवेदी, मेडिकल अफिसर डा.विज्ञान कोइराला, नर्स प्रेम लामिछाने लगातयको मेडिकल टोलीले हिरासतमा रहेका महिला ८ जना र पुरुष ५० जना गरी ५८ जनाको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।
उनीहरुलाई उचित परामर्श, औषधी वितरण गर्नुका साथै हिरासतमा रहेका महिला र महिला प्रहरी कर्मचारीहरुलाई निःशुल्क सेनेटरी प्याड पनि वितरण गरिएको छ ।
कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ कास्की जिल्लाका अध्यक्ष धिरज गौतम जुनसुकै कारण वा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा आउनु भएका व्यक्तिहरु आफ्नो व्यक्तिगत स्वास्थ्य प्रति सचेत रहुन भन्ने उद्देश्यले निःशुल्क रुपमा स्वास्थ्य परीक्षण, उचित परामर्श र औषधी समेत दिईएको जानकारी दिए ।
त्यस्तै, प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले प्रहरी हिरासतमा धेरै जना एकै ठाउँमा रहँदा बस्दा विभिन्न किसिमका सरुवा रोग, अन्य व्यक्तिगत रोगको सिकार हुन सक्ने हुँदा यस्ता कार्यक्रमले व्यक्तिगत स्वास्थ्य, सुविधामा ठूलो सहयोग पुर्याउने धारणा राख्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जिल्ला प्रहरी कार्यालय, #निःशुल्क स्वास्थ्य परीक्षण
ताजा खबर
- १सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- २सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ३कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल
- ४तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु
- ५रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह



तपाईको कमेन्ट लेख्नुहोस्