कतारका राजा थानी र राष्ट्रपति पौडेलबीच भेटवार्ता, विपिन जोशीको रिहाईका लागि आग्रह

काठमाडौं । कतारका राजा तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थानीलाई भव्य स्वागत गरियो । कतारी राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थल पुगेका थिए । उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र केही मन्त्रीहरूको पनि विमानस्थलमा उपस्थिति थियो ।
कतारका अमिर राजा थानीलाई त्रिभुवन विमानस्थलमा विशेष सम्मान दिइयो । आफ्नो निजी विमानमा दिउँसो ३ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उनलाई नेपाली सेनाको टोलीले विशेष सम्मान (गार्ड अफ अनर) प्रकट गरेको थियो । आइतबार एसियाली देशहरूको भ्रमणमा निस्केका अमिर अल थानी मंगलबार बंगलादेशबाट नेपाल आएका हुन् । उनको स्वागतका लागि काठमाडौंलाई चिटिक्क बनाइएको छ । स्वागतका लागि काठमाडौंको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ । पहिलो पटक नेपाल भ्रमणमा आएका अमिर राजा थानीले मंगलबार नै राजनीतिक भेटवार्ता सुरु गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग उनले शितलनिवासमा भेटवार्ता गरेका छन् । राष्ट्रपति पौडेलसँग भेटघाट गरी अमिर शेख सोल्टी होटेलमा राष्ट्रपति पौडेलले दिएको रात्रिभोजमा सहभागि भएका छन् ।
रात्रिभोजमा नेपालका मन्त्री, नेता, व्यापारीहरु पनि सहभागी थिए । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात् वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिरसँग आग्रह गरेका छन् । आफ्नो निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा मङ्गलबार नेपाल आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उनले विपिन जोशी रिहाइको विषय उठाएका उनको सचिवालयले जनाएको छ ।
बुधवार १० : ३० बजे प्रधानमन्त्री प्रचण्डसँग द्वारिका होटेलमा भेटघाट गर्ने कार्यक्रम छ । जहाँ दुई पक्षीय वार्ता हुनुको साथै केही सम्झौता पत्रमा हस्ताक्षर हुने पनि बताइएको छ । प्रधानमन्त्री प्रचण्डले अमिर राजाको का लागि दिवा भोजको आयोजना गरेका छन् । अमिर शेख बुधवार साढे दुई बजे फर्किने कार्यतालिका छ । कतारका अमिरको भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिइएको छ । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक हुन लागेको यो उच्चस्तरको भ्रमणमा हो । पश्चिम एसियाको महत्वपूर्ण शक्ति राष्ट्रका प्रमुखको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कतारका राजा, #थानीलाई भव्य स्वागत, #नेपाल भ्रमण
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्