गठबन्धनमा असहज भयो, हामी कसैको दास बन्न सक्दैनौंः माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन सहज ढंगले अघि नबढेको बताएका छन् । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गठबन्धनमा आफूहरुलाई असहज भएको उल्लेख गरेका हुन् ।
उनले वर्गीय शत्रु र मित्र छुट्याएर अगाडि बढ्नुपर्ने स्पष्ट पारे । ‘नेपालको राजनीतिक जटिल छ । गठबन्धन जुट्ने र फुट्नेक्रम जारी छ । कति दिन यो गठबन्धन टिक्ने होरु त्यसको जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ, म भन्न सक्दिनँ ।
हामी सहज ठानिरहेका छैनौं ।’ उनले भने, ‘कसैका धाकधम्की, गाली गलौच सुन्न हामी राजनीतिमा लागेका होइनौं, कसैको दास बन्न हामी राजनीतिमा आएका होइनौं ।’ नेपालले कम्युनिष्ट नेताहरु सुविधामुखी हुन थालेको भन्दै असन्तुष्ट व्यक्त गरेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #माधवकुमार नेपाल, #स्मृति प्रतिष्ठान
ताजा खबर
- १ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’
- २निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप
- ३एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित
- ४बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- ५उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन



तपाईको कमेन्ट लेख्नुहोस्