श्रम स्वीकृति अबदेखि २ मिनेट ४४ सेकेन्डमा
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् । आईतवार वैदेशिक रोजगार कार्यालयको पत्रकार सम्मेलनमा श्रममन्त्री अर्यालले अबदेखि सबै प्रकारका श्रम स्वीकृति एक घण्टाभित्रै हुने बताएका हुन।
उनले वैदेशिक रोजगारीमा जाने श्रमिकले कार्यालय समयभित्र अनलाइनबाट कागजात पेश गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्नसक्ने प्रणाली विकास भएको जानकारी दिए ।
उनले अनलाइनबाट सही तरिकाले कागजात पेश गरेको २ मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्नसक्ने अवस्था भएको तर प्रविधिक समस्या, प्रणाली, विद्युत र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृति लिनसक्ने अवस्था भएको बताए ।
उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले सम्पूर्ण कागजहरु अनलाइनबाट पेश गरी प्रक्रिया पूरा गरे एक घण्टामा श्रमिकले मोबाइलमा नै श्रम स्वीकृति पाउनसक्ने बताए ।
श्रममन्त्री अर्यालले पछिल्ला दिनमा एउटा पनि श्रम स्वीकृति पेण्डिङमा नभएको बताका थिए । उनले सेवा दिनको लागि सरकारले आवश्यक प्रविधि र सफ्टवयेरमा समेत सुधार गरिरहेको बताए।
मन्त्री अर्यालले अहिले दुई सिप्टमा काम भइरहेको भन्दै अब बिहान १० देखि ५ बजेसम्म गर्ने वातावरण बनाउने पनि बताए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एक घण्टाभित्रै श्रम, #क घण्टाभित्रै श्रम
ताजा खबर
- १किन बढ्यो प्रधानमन्त्री बालेन र कांग्रेस सभापति गगनबीच टकराव ?
- २भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणमा, बालेनलाई निम्तो दिने तयारी
- ३३४ औँ प्रहरी महानिरीक्षक बने डा. मनोज केसी
- ४सरकारले गर्यो प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त
- ५सरकारबिरुद्ध विपक्षी दल फेरि एक ठाउँ, संसद अधिबेशन आह्वानको माग



तपाईको कमेन्ट लेख्नुहोस्