उम्मेद्वार छान्न कांग्रेसमा सकस, इलाम २ मा खड्का र आचार्यको पक्षमा कसरत
काठमाडौं । नेपाली कांग्रेसको मंगलबार बसेको नेताहरुको बैठकले पनि उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन सकेन । मंगलबार कांग्रेसको कार्यसम्पादन र संसदीय बोर्डको बैठक बोलाइएको थियो ।
बैठकमा सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबीच उम्मेदवार चयनमा विवाद भएकाले टुंगो लगाउन नसकेको बताइएको छ । मंगलबारको बैठकमा सभापति देउवाले इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउनुपर्ने धारणा राखे भने शेखर–गगन पक्षले अस्वीकार गरेको छ ।
उनीहरु इलाममा भेषराज आचार्य र बझाङमा जगत जोशी उम्मेदवार हुनुपर्ने अडानमा छन् । कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले उम्मेदवार टुंगो लगाउन बुधबार दिउँसो २ बजे बैठक बस्ने जानकारी दिए ।
देउवा पक्षले ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा डम्बर खड्का जम्मा ११४ मतान्तरले मात्र एमालेका सुवासचन्द्र नेम्वाङसँग पराजित भएकाले यसपटक उनैलाई टिकट दिनुपर्ने धारणा राखेको थियो । तर शेखर–गगन पक्षले कांग्रेस कार्यकर्तामाझ खड्का भन्दा आचार्य बलियो रहेकाले उनले टिकट पाउनुपर्ने अडान राखेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्