ललितानिवास जग्गा प्रकरणः विशेष अदालतले आज फैसला सुनाउदैं
काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी अनियमितता गरेको अभियोगमा दर्ता भएको मुद्दाको फैसला बिहीबार सुनाइने भएको छ।
बुधबार नै फैसला सुनाउने तयारी गरेको विशेष अदालतले समय अभावका कारण मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको हो । फैसला लेख्दालेख्दै रात परेपछि बिहीबार फैसला सुनाउनेगरी राखेको हो । निरन्तर २२ दिन बहस भएपछि अब मुद्दाको फैसला हुन लागेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध २३ माघ २०७६ सालमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
पूर्व भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी‚ पूर्व सचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी सहित ११० जनालाई बिगो, कैद र जरिवानाको माग गरिएको छ भने ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाई विशेष अदालतमा अभियोग दायर गरिएको थियो । यही जग्गा प्रकरणमा कीर्ते मुद्दा काठमाडौं जिल्ला अदालतमा पनि विचाराधीन छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अभियोगमा दर्ता, #आज फैसला, #ललितानिवास
ताजा खबर
- १रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- २सरकारले ४८ सालयताका सार्वजनिक पदधारी नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने
- ३ओली र लेखकलाई आज अदालतमा पेश गरिँदै
- ४सहकारीका साना बचतकर्ताको बचत फिर्ता सय दिनभित्रै थाल्ने सरकारको घोषणा
- ५कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ



तपाईको कमेन्ट लेख्नुहोस्