ललितानिवास जग्गा प्रकरणः विशेष अदालतले आज फैसला सुनाउदैं
काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी अनियमितता गरेको अभियोगमा दर्ता भएको मुद्दाको फैसला बिहीबार सुनाइने भएको छ।
बुधबार नै फैसला सुनाउने तयारी गरेको विशेष अदालतले समय अभावका कारण मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको हो । फैसला लेख्दालेख्दै रात परेपछि बिहीबार फैसला सुनाउनेगरी राखेको हो । निरन्तर २२ दिन बहस भएपछि अब मुद्दाको फैसला हुन लागेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध २३ माघ २०७६ सालमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
पूर्व भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी‚ पूर्व सचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी सहित ११० जनालाई बिगो, कैद र जरिवानाको माग गरिएको छ भने ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाई विशेष अदालतमा अभियोग दायर गरिएको थियो । यही जग्गा प्रकरणमा कीर्ते मुद्दा काठमाडौं जिल्ला अदालतमा पनि विचाराधीन छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अभियोगमा दर्ता, #आज फैसला, #ललितानिवास
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्