मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड, तामाङलाई मन्त्री बनाउने आश्वासन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन हुने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन हुने निश्चित भएको उल्लेख गर्दै त्यसमा तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने घोषणा समेत गरेका छन् ।
सोनाम ल्होछारको अवसर पारेर शनिवार काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा उनले गत साल पनि आफूले सोनाम ल्होछारको अवसर पारेर घोषणा गरे अनुसार वागमती प्रदेशमा तामाङ समुदायबाट मन्त्री बनाएको स्मरण गरे ।
प्रधानमन्त्रीले सोनाम ल्होछारका लागि सरकारले यस वर्ष पनि सहयोग गर्ने आश्वासन दिए । गत वर्षको पेमेन्ट नभएको आफूले जानकारी पाएकाले त्यसको पनि फलोअप गर्ने प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #तामाङ समुदाय, #मन्त्रीमण्डल, #मन्त्रीमण्डल पुनर्गठन
ताजा खबर
- १२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- २निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
- ३गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- ४रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ५‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’



तपाईको कमेन्ट लेख्नुहोस्