भिजिट भिसा सेटिङमा अध्यागमन अधिकृतसहित ४ जना जेल चलान, ६ जनासँग धरौटी माग
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चारजनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले मंगलबार थुनछेकबहसपछि ४अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । यो प्रकरणमा मुछिएका अन्य ६ जनासँग धरौटी माग गरिएको छ ।
गत बिहीबार दर्ता भएको मुद्दामा न्यायाधीश कपिलमणी गौतमको इजलासले अधिकृत खड्कासहित अरुण दाहाल, सरोजकुमार यादव, मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । यही मुद्दामा पक्राउ परेका गीता शाहसँग ५ लाख रुपैयाँ, पदम लामासँग १ लाख, विनोद कार्कीसँग २ लाख, दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७–७ लाख तथा रविन अर्यालसँग १ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश भएको छ।
भिजिट भिसामा युवाहरूलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा ९ जना अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध चलाइएको मुद्दामा यस्तो आदेश आएको हो । यही माघ १८ गते जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते गरी संगठित अपराध गरेको आरोपमा फरार रहेका १२ जनासहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
मंसिर १८ मा अध्यागमन अधिकृत नरवीर खड्कालाई सरकारी कागजात किर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । उनको साथबाट रामेछापको दोरम्बा गाउँपालिका–७ का ट्राभल एजेन्ट पदम लामाले दिएको दुई लाख रुपैयाँसमेत बरामद भएको थियो । त्यपसपछि उक्त प्रकरणको छानबिनमा अरु पनि तानिएका थिए ।
खड्काकै बयानबाट ८ जना अरु अध्यागमन अधिकृतविरुद्ध पनि मुद्दा चलेको थियो। अनुसन्धानका क्रममा खड्का र लामाको मिलेमतोमा भिजिट भिसामा विदेश उडाइएका दर्जनौँ युवाको सूची प्रहरीले भेट्टाएको थियो । प्रहरीले पक्राउ परेका १० जना र फरार १२ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। फरार रहनेमा ८ जना अध्यागमनकै अधिकृतहरु छन्। अरु चार जना फरार छन्।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अरुण दाहाल, #जिल्ला अदालत काठमाडौँ, #विमानस्थलमा सेटिङ, #सरोजकुमार यादव
ताजा खबर
- १‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
- २पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान
- ३नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
- ४कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छः सुरेन्द्र पाण्डे
- ५कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले सोधिन–मेरो हातमा रगत लागेको छ ?



तपाईको कमेन्ट लेख्नुहोस्