कसरी भएको थियो माघ १९ मा ‘कू’ र राजतन्त्रको अन्त्य (भिडियोसहित)
विर्सन नसकिने त्यो घटना !
काठमाडौं । माघ १९ गते। तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनव्यवस्था हातमा लिएको दिन। नेपालको इतिहासमा यसलाई दलका नेताहरुले कालो दिनको रूपमा लिन्छन्। तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते शाही घोषणामार्फत शासनसत्ता हातमा लिने घोषणा गरेका थिए । आफैँले नियुक्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम भन्दै ज्ञानेन्द्रले आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् घोषणा गरेका थिए ।
सशस्त्र संघर्ष गरिरहेको माओवादी र संसदवादी दलहरुलाई ज्ञानेन्द्रको यो कदमले एकजुट बनायो । दलहरु राजाको प्रत्यक्ष शासनको विरुद्ध एकजुट भए र आन्दोलन चर्कियो । २०६२–०६३ को जनआन्दोलनको सूत्रपात नै यही दिनको कदमलाई मानिन्छ ।
२०६२ मंसिरमा दिल्लीमा द्वन्द्वरत माओवादी र तत्कालीन सात दलबीच १२ बुँदे समझदारी भयो । जसमा ‘निरङ्कुश राजतन्त्रविरोधी शक्तिहरूले निरङ्कुश राजतन्त्रकाविरुद्ध आ–आफ्ना ठाउँबाट प्रहार केन्द्रित गर्दै देशव्यापी लोकतान्त्रिक आन्दोलन गरी पूर्ण लोकतन्त्र स्थापना गर्ने’ उल्लेख थियो । त्यसपछि माओवादीसहित आठ राजनीतिक शक्तिले राजसंस्था विरुद्ध आन्दोलन गरेका थिए ।
त्यही आन्दोलनको सफलतासँगै २०६३ वैशाख ११ गते लोकतन्त्र पुनःस्थापना भयो । २०६४ को निर्वाचितमार्फत् बनेको संविधानसभाको २०६५ जेठ १५ गतेको बैठकले २३८ वर्षीय राजसंस्थाको अन्त्य गरेको घोषणा गर्यो र राजा ज्ञानेन्द्र शाह नारायणहिटी छाडेर निर्मल निवास गएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, भिडियो, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कालो दिन, #ज्ञानेन्द्र शाहले शासनव्यवस्था हात, #माघ १९ गते
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्