सुनकाण्डका आरोपी दावा छिरिङको होटलमा प्रहरी छापा, ११ जुवाडे पक्राउ
काठमाडौं । ६१ किलो सुनकाण्डमा मुछिएका दावा छिरिङ र उनकी पत्नी अमला रोकाको होटलमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर, टेकुको टोलीले विशेष सूचनाका आधारमा उनीहरुले सञ्चालन गरेको होटल भियनामा छापा मारेर ११ जना जुवाडेलाई पक्राउ गरेको हो ।
प्रहरीले होटलको कोठा नम्बर ६१२ मा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त, लैनचौरबाट समेत खटिएको टोलीले जोरपाटीका अरुण घिमिरे, काभ्रेका हरिबोल खनाल, किशोर अधिकारी, चितवनका दिपक गुरुङ, नुवाकोटका कृष्णबहादुर राई, राजु पन्त शंकर शाही, रुपन्देहीका घनश्याम शर्मा, रोल्पाका लीला डाँगी, बाँकेका मेद्दनाथ बुचबन्दिया र गोरखाका अर्जुन गुरुङलाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट १३ लाख ६२ हजार ५ सय रुपैयाँ र ४ बुक तास बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि जुवा ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ । होटल सञ्चालक दावा अहिले पुर्पक्षका लागि थुनामा छन् भने उनकी पत्नी अमला फरार छिन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दावा छिरिङ, #होटल भियनामा छापा
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्