सत्ता गठबन्धनले भन्यो कोशीको मतपरिणाम अप्रत्याशित
काठमाडौं । सत्तारुढ गठबन्धनले कोशीमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफ्नो उम्मेदवार पराजित हुनुलाई अप्रत्याशित भनेको छ ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका नेताहरुको बैठकले कोशीमा सत्ता गठबन्धनको समर्थन रहेको माओवादी उम्मेदवार पराजित हुनुलाई अप्रत्याशित र गम्भीर भनेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग नेपाली कांग्रेस नेता रमेश लेखकले राष्ट्रिय सभाको निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको जानकारी दिए ।
कोशीको मतपरिणामलाई लिएर माओवादी केन्द्रको मात्र नभई सत्ता गठबन्धनमा रहेका अन्य दलको पनि चासो रहेको भन्दै नेता लेखकले यो विषयले यसले गठबन्धनमा प्रतिकुल असर नगर्ने बताए । लेखकले कोशीमा फ्लोर क्रसबारे कसैलाई दोषी हाल्न नमिल्ने बताए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्