मेलम्चीको पानी वितरण समस्या समाधानका लागि समिति गठन
काठमाडौं । मेलम्ची खानेपानी वितरणको समस्या समाधानका लागि सरकारले सहजीकरण समिति गठन गरेको छ । मन्त्रीस्तरको निर्णय अनुसार समस्या समाधानका लागि मेलम्ची खानेपानी विकास समितिका सीडीई पदमबहादुर कुँवरको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।
समितिको सदस्यहरूमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का उपप्रवन्धक उमेशबाबु मरहट्ठा, आयोजना कार्यान्वयन निर्देशनलायका सीडीई विकेश बधानथ्याचे र केयूकेएलकै दिपेश ढकाल रहेका छन् ।
मेलम्चीको पानी हाल परीक्षण भएका नयाँ र पुरानै वितरण लाइनबाट वितरण गरिएको छ । ती लाइनबाट सन्तुलित रुपमा पानी वितरण तथा चुहावट भएरनभएको, धमिलो पानी आएकोबारेमा समितिले अनुगमन गर्नेछ ।
पुराना लाइनबाट लामो समय पानी वितरण नहुँदा माटो जमेकोले प्रारम्भिक चरणमा पानी धमिलो आउने समस्या देखिएको छ भने केही ठाउँमा वितरण प्रणाली कमजोर हुँदा चुहावट भइरहेको छ ।
मेलम्ची खानेपानी विकास समितिले यसको समाधान गर्ने जनाएको छ । समितिले पानी सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रशोधन गरी वितरण गरिएको तर पुराना लाइनका कारण धमिलो आएकोले केही शंका नगर्न समेत अपिल गरेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उपत्यका खानेपानी लिमिटेड, #मेलम्ची खानेपानी, #समस्या समाधान
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्