Techie IT
  • १ जेठ २०८२, बुधबार
KhojPatrika

पुस १० मा प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्ने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री भएर एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रवार आयोजित जनसभालाई शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने बताएका हुन् ।

‘मैले तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको पुस १० गते एक वर्ष पुरा हुँदैछ । यो बिचमा मैले सुशासन, सामाजिक न्याय र सम्मृद्धिको पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउन धेरै भूमिका खेलेको छु’, प्रचण्डले भने, ‘यो एक वर्ष पुगेको दिन म नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठुलो सम्बोधन गर्दै छु ।

’ उनले त्यो सम्बोधनमा सबै कुरा उल्लेख हुनेछन् भन्दै अर्को वर्ष आफ्नो नेतृत्वको सरकारले नयाँ ढङ्गले काम सुरु गर्ने पनि बताए । ‘मैले जहिले पनि निरन्तरतामा क्रम भङ्ग गर्दै विकास गर्ने कुरा गर्दै आएको छु ।

१० गते मेरो एक वर्ष पुरा हुन्छ । १० गते नै म राष्ट्रका नाममा सम्बोधन गर्ने र ११ गतेबाट नयाँ प्रक्रियाबाट विकास निर्माण र जनताका सेवाका कामहरू अगाडि लाने मैले प्रतिबद्धता व्यक्त गरिसकेको छु’, प्रधानमन्त्रीको भनाइ छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं