प्रधानमन्त्री प्रचण्डलाई विप्लवले नै किन दिए चेतावनी !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताको मुख थुनेर सत्ता नटिक्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सामाजिक सञ्जालमा प्रतिवन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका हुन ।
उनले सामाजिक सञ्जालको प्रतिवन्ध निरंकुश व्यवस्थाको चरित्र भएको बताए । उनले सत्ता जनताको मुख बन्द गरेर नभइ जनताको मन जितेर मात्रै टिक्ने बताए । जनताको मुख थुनेर शासन चलाउँछु भन्नेहरुको चाँडै अन्त्य हुने उनको जिकिर छ ।
महासचिव चन्दले देश बचाउने जिम्मा अरुले नलिने भए नेपाल कम्युनिष्ट पार्टीले देश बचाउने जिम्मा लिने दाबी गरे । उनले देशमा अब राजतन्त्र फर्किने कुरा सम्भव नरहेको बताएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्