इजरायलबाट फर्किए २ सय ५४ जना नेपाली,यस्तो देखियो विमानस्थल परिसर(भिडियोसहित)
काठमाडौं । इजरायलबाट उद्धार गरिएका नेपाली काठमाडौं आइपुगेका छन् । नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार विहान २५४ जना नेपाली काठमाडौं आइपुगेका हुन् आफ्ना नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पठाएको थियो । नेपालीहरुलाई लिएर काठमाडौं आएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री साउदले नेपालीहरुलाई सुरक्षित राख्न इजरायल सरकारले राम्रो ब्यवस्था गरेको बताए ।
आफूलाई भेट्न इजरायलका विमानमन्त्री आफैं विमानस्थल आएपनि आफू नपुग्दै फर्किनु परेको भन्दै उनले अरु अधिकारीसँग भेट नभएको बताए । मन्त्री साउदले इजरायलमा रहेका नेपालीहरुको उद्धारका लागि आवश्यकता अनुसार विमान पठाइने बताए ।
मन्त्रिपरिषद्ले व्यावसायिक फ्लाइटबाट आउनेहरुको टिकट खर्च व्यहोर्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको भन्दै उनले भने, ‘अन्य जहाजहरु आवश्यकता अनुसार पठाइने छ, यसमा कुनै चिन्ताको विषय छैन । सरकार सजग छ, नेपाली दूतावासलाई निर्देशन गरिसकेको छ ।’ काठमाडौं आइपुगेका बिद्यार्थीहरुले इजरायल–हमासको द्वन्द्वपछिका चार दिन निकै कष्टपूर्ण रुपमा बितेको बताएका छन् ।
युद्धग्रस्त क्षेत्रबाट फर्किएकालाई लिन विमानस्थलमा पुगेका आफन्तको आँशुमा हर्षको आँसु देखिएको थियो । परिवारजनहरू भावविव्हल भएका थिए । उनीहरू अँगालो हालेर रोइरहेका देखिन्थे । हमासको आक्रमणमा परी त्यहाँ इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूको शव भने ल्याइएको छैन ।
हमास समूहले शनिबार दक्षिणी इजरायलमा गरेको आक्रमण १० जना नेपालीको मृत्यु भयो, चार जना घाइते भए । घाइते भएकामध्ये एक धनबहादुर चौधरी शुक्रबार बिहान काठमाडौं आइपुगे । आक्रमणमा परेर घाइते भएका उनको इजरायलमै उपचार भएको थियो । ह्वील चियरमा राखेर ल्याइएका धनबहादुरले विमानस्थलमा मसिनो स्वरमा भने, ‘धन्न बाँचेर आइयो।’
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #२ सय ५४ जना नेपाली, #इजरायलबाट उद्धार, #इजरायलबाट फर्किए, #विमानस्थल परिसर
ताजा खबर
- १रवीन्द्र मिश्र आफ्नै निर्वाचन क्षेत्रमा उपेक्षित
- २चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- ३दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ४एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ५एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)



तपाईको कमेन्ट लेख्नुहोस्