हाजिरी जमानीमा अभिनेता अनमोल केसी रिहा
काठमाडौं । विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी रिहा भएका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार बेलुकी हाजिरी जमानीमा रिहा गरेको हो ।
आरोपितले प्रमाण नष्ट गर्न सक्ने सम्भावना नदेखिएको अवस्थामा प्रहरीले हाजिरी जमानीमा छाड्न सक्ने व्यवस्थाअनुसार अनमोललाई रिहा गरिएको बताइएको छ ।
गत शुक्रबार रावायण नामक चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले किटानी जाहेरी दिएपछि अनमोल पक्राउ परेका थिए । केसीले फिल्म खेल्छु भनेर १० लाख रुपैयाँ लिएको निर्माण पक्षले जनाएको छ । तर, उनले फिल्म खेल्न नमानेका निर्माण पक्षले जिकिर गरेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्