रुकुमपश्चिमको मुसिकोट नगरमा उपप्रमुद्धारा शिक्षा शाखा प्रमुखमाथि हातपात !

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा उपप्रमुख बिमलकुमार पुनले शिक्षा शाखा प्रमुख नरेन्द्र ओलीमाथि हातपात तथा दुब्र्यवहार गरेका छन् । त्रिभुन जनता माध्यामिक बिद्यालयको लेखा बिषयको परिक्षाको तयारी गरिरहेका ओलीमाथि हातपात गरेको आरोप लागेको छ । प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा भएको हातपातले बिद्यालयको परिक्षा नै रोकिएको छ । तर, उपप्रमुख पुनले भने आफूले हातपात नगरेको दाबी गरेका छन् ।
रुकुमपश्चिमको मुसिकोट नगरपालिकाका उपप्रमुख बिमलकुमार पुनले शिक्षा शाखा प्रमुख नरेन्द्र ओलीमाथि हातपात तथा दुब्र्यवहार गरेको घटना बाहिरिएको छ । शनिबार त्रिभुवन जनता माध्यामिक विद्यालयको उच्च माध्यामिक तहको लेखा विषयको शिक्षक पदपुर्तीको लागि परिक्षा तोकिएको थियो । निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्काको कार्यकक्षमा परिक्षा सम्बन्धि काम भइरहेका बेला प्रवेश गरेका उपप्रमुख पुनले ओलीमाथि हातपात गरेका थिए ।
परिक्षा गर्दा आफूसँग समन्वय नै नगरी परिक्षा गर्न लागेको भन्दै आफूमाथि हातपात र मार्छु भन्दै धम्की दिएको ओलीले गुनासो गरेका छन् । सो घटना हुँदा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसी, प्रधानाध्यपक गोपिराम केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्का थिए । अध्यक्ष केसी र निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्काले सामाजिक सञ्जालमा ओलीमाथि हातपात भएको उल्लेख गरेका छन् ।
कुनै पनि बिषयमा मतमतान्तर र असहमति हुनु स्वभाविक भएपनि आफू मातहत रहेका कर्मचारीलाई हातपात गर्नु गलत भएको खड्काले उल्लेख गरेका छन् । अध्यक्ष केसीले पनि ओलीमाथि हातपात भएकै कारण परिक्षा स्थगित भएको जनाएका छन् । नगर प्रमुख महेन्द्र केसीले परिक्षाको तयारी गरिरहेका ओलीमाथि उपप्रमुख पुनबाटै हातपात हुनु निन्दनीय भएको भन्दै काम गर्ने वातावरण नविगार्न सबैलाई आग्रह गरेका छन् ।
प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा सिसिटिभी क्यामरा जडान नभएपनि ढोका नेर भएको सिसिटिभी फुटेजमा उपप्रमुख पुन निक्कै आक्रामण शैलीमा अश्लिल गाली गरेको प्रष्टै सुनिन्छ । तर, उपमेयर पुनले आफू नभएको बेला बिद्यालयमा आफू निकट ब्यक्तीलाई आर्थीक चलखेल गरेर शिक्षक नियुक्ती गर्न खोजेको आरोप लगाएका छन् ।
उपमेयर पुनले शनिवार विदाका दिन मिलेमतोमा परिक्षा गराउन लागेको रोकेको तर, हातपात नगरेको जिकिर गरेका छन् । मुसिकोट नगरपालिकामा नेकपा एकीकृत समाजवादी पाटीका तर्फबाट पुन उपप्रमुखमा निर्वाचित भएका थिए । नियम कानुन र बिधि तथा प्रक्रियामा प्रश्न उठाउने थुप्रै बिकल्प हुँदा हुँदै हातपात र अश्लिल शब्द प्रयोग गरेको भन्दै कर्मचारीहरुले पनि आपत्ति जनाएका छन् ।
क्याटेगोरी : जनगुनासो, जनप्रतिनिधि, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #उपप्रमुख बिमलकुमार पुन, #त्रिभुन जनता माध्यामिक बिद्यालय, #नरेन्द्र ओली
तपाईको कमेन्ट लेख्नुहोस्