Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

ग्लोवल स्टार सन्दीपको २३ औँ जन्मदिन, चितवनदेखि अन्तर्राष्ट्रिय मञ्चसम्मको कथा


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका स्टार बलर सन्दीप लामिछानेले आज जन्मदिन मनाइरहेका छन् । क्यानडामा जारी ग्लोवल टी २० लिग खेलिरहेका सन्दीप आफ्नो २३ औं जन्मदिन मनाइरहेका हुन् । खेल कौशलबाट विश्व क्रिकेटमा नाम चम्काउन सफल सन्दीप चितवनको सामान्य परिवारमा जन्मेका हुन् । आज उनलाई विश्वभरीका क्रिकेट समर्थकले खोज्ने गरेका छन् । सन्दीप राष्ट्रिय हँदै अन्तर्राष्ट्रिय क्रिकेटमा थुप्रै रेकर्ड राखेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ स्टार तथा लेगस्पिन बलर सन्दीप लामिछानेले बुधबार २३ औं जन्मदिन  मनाइरहेका छन् । क्यानडामा जारी ग्लोवल टी–२० लिग खेलीरहेका सन्दीप खेलसंगै जन्मदिन मनाइरहेका हुन् । विश्वक्रिकेटमा खेल कौशलका माध्यमबाट नाम चम्काउन सफल भएका सन्दीप नेपाली क्रिकेटका लागि ग्लोवल स्टारर हुन् ।

सन्दीपले विश्व क्रिकेटमा थूप्रै रेकर्ड राखेका छन् । स्याङ्जाको आरुचौर–तालपोखरीमा जन्मिएका सन्दीप लामिछानेका बुबा सानोमै भारतीय रेल्वेमा जागिरे आफ्नो बाबु चन्द्रनारायणसँग पढाईको लागि भारत पुगेका थिए । भारतमा ४ कक्षासम्म पढ्ने क्रममा सन्दिपको क्रिकेटसँग परिचय भएको थियो । सन्दिपले चितवनको नारायणगढस्थित चितवन क्रिकेट एकेडेमीबाट सिकेका थिए । जहाँ उनलाई पूर्व कप्तान राजु खड्काले क्रिकेट सिकाएका थिए । तत्कालिक राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके चितवनमा प्रशिक्षणको लागि आएको बेलामा उनी सन्दिपको बलिङबाट प्रभावित हुँदै १९ वर्ष मुनिको टोलीमा छनोट गरेका थिए । त्यसपछि उनको भाग्य फेरिएको थियो ।
सन्दीपको खेलजीवन
सन् २०१८ जनवरीमा, उनलाई सन् २०१९ आईसीसी विश्व क्रिकेट लिग २ मा नेपालको राष्ट्रिय टोलीमा छनोट गरिएको थियो । नामिबिया विरुद्धको पहिलो खेलेका सन्दीपले ४ विकेट लिँदै १८ रन खर्चिएका थिए भने उनलाई खेलको सर्वोत्कृष्ट खेलाडीको रूपमा पुरस्कार प्रदान गरिएको थियो । त्यसपछि केन्याविरुद्धको चौथो खेलमा, सन्दीपले पाँच विकेट लिएर खेलको उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गरेका थिए ।

लामिछानेको उत्कृष्ट प्रदर्शनका कारण उनलाई आइसिसी विश्व क्रिकेट लिग दोस्रो विभागको सर्वोत्कृष्ट खेलाडीको रुपमा घोषित गरिएको थियो । सन्दीपले प्रतियोगिताभर ६ खेल खेल्दै १७ विकेट लिन सफल भएका थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले लामिछानेलाई सन् २०१८ क्रिकेट विश्वकप छनोट खेलको उत्कृष्ट दश खेलाडीको रूपमा चयन गरेको थियो । प्रतियोगितापछि परिषद्ले लामिछानेलाई उदीयमान खेलाडी घोषित गरेको थियो । त्यसपछि उनले आईसीसी विश्व ११ बाट खेल्दै वेस्ट इन्डिविरुद्ध टी–२० मा स्थान बनाएका थिए ।

सन् २०१८ जुलाईमा, उनले नेदरल्यान्ड विरुद्धको एमसीसी त्रिकोणात्मक शृंखलाको तेस्रो खेलमा नेपालको लागि टी २० खेलमा स्थान बनाएका थिए । त्यसपछि उनले २०७५ साउन १६ मा नेदरल्यान्ड विरूद्ध नेपालको लागि एकदिवसीय खेलेका थिए । त्यस्तै उनले २०७६ कार्तिक २० मा प्रथम श्रेणीको नेपाली खेलाडीको रूपमा खेलमा मान्यता पाएका थिए ।

२०७६ फागुन १७ मा, सन् २०२० एसिया कप छनोट खेलको पूर्वी क्षेत्र समूहमा मलेसियाको विरुद्धको खेलमा लामिछाने टी २० क्रिकेटमा १०० विकेट लिने पहिलो नेपाली बलर बनेका थिए।त्यस्तै २०२१ अक्टोबर ११ का दिन लामिछानेलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले महिनाको उत्कृष्ट खेलाडी घोषित गरेको थियो। सन् २०२१ को डिसेम्बरमा नेपाल क्रिकेट सङ्घले पूर्वउपकप्तान दीपेन्द्र सिंह ऐरीसहित ज्ञानेन्द्र मल्ललाई अनुशासन तोडेको भन्दै बर्खास्त गरेपछि लामिछानेलाई नेपाली राष्ट्रिय टोलीको नयाँ कप्तान घोषणा गरेको थियो ।
आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी
सन् २०१८ को इन्डियन प्रिमियर लिगमा लिलामीका लागि खेलाडीहरूको सूचीमा समावेश भएका थिए। उक्त लिलामीमा उनलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा अनुबन्धन गरेको थियो ।त्योसँगै लामिछाने इन्डियन प्रिमियर लिगमा अनुबन्धन प्राप्त गर्ने पहिलो नेपाली क्रिकेट खेलाडी बनेका थिए ।त्यसपछि उनी विश्वक्रिर्केटका सबै फेन्जाइज लिग खेल्ने एक मात्र नेपाली खेलाडी बनेका छन् ।
सन्दीपका विश्व क्रिकेटमा रेकर्ड
सन्दीपले एकदिवसीय क्रिकेटमा लगातार २७ खेलमा विकेट लिएर २६ खेलमा विकेट लिएर विश्व रेकर्ड राखेका अष्ट्रेलियाका लेजेन्ड बलर ब्रेटलीको रेकर्ड तोडेका छन् । त्यस्तै कम खेलमा सय विकेट लिने विश्व रेकर्ड समेत राखेका छन् । सन्दीपले ४२ खेलमा १०० विकेट लिदै विश्व रेकर्ड बनाएका छन् । त्यस्तै टी२० क्रिकेटमा सबैभन्दा धेरै एलवीडब्लु विकेट लिने सातौ खेलाडीको रेकर्ड बनाएका छन् । जसमा उनले १२ विकेट लिएका छन् । यी लगायत दर्जनौ रेकर्ड सन्दीपले आफ्नो नाममा रोसन गरेका छन् ।


क्याटेगोरी : खेलकुद, जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं