चितवनमा रवि लामिछानेले शुरु गरे महिलाका लागि निशुल्क बस सेवा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवन २ मा महिलाका लागि निःशुल्क बस सेवा सुरु गरेका छन् । निर्वाचित भएको एक सय दिन पुगेको अवसरमा लामिछानेले निशुल्क बस सेवा शुरु गरेका हुन् । लामिछानेले ६५ वर्षमाथिका नागरिकलाई निशुल्क स्वास्थ्य सेवा दिन मोबाइल क्लिनीकको पनि शुरुवात गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आफ्नो निर्वाचन क्षेत्रमा महिलाहरुका लागि निशुल्क बस सेवा शुरु गरेका छन् । ब्लु बस नाम दिइएको बससेवा बुधबारबाट शुरु भएको हो । आफू उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा निर्वाचित भएको १०० दिन पुगेको अवसरमा लामिछानेले यो बस सेवा सुरु गरेका हुन् ।
निलो रंगका बसहरूले दिने सेवालाई ‘ब्लू बस सेवा’ भनिएको छ । लामिछानेले आज आफैँ यात्रा गरेर सो बस सेवाको उद्घाटन गरेका छन् । सार्वजनिक बसहरूलाई भाडामा लिएर यो सेवा सुरु गरिएको हो । यी बसहरू भरतपुर महानगरका विभिन्न रुटहरूमा चल्नेछन् । यो सेवा प्रयोग गर्ने महिलाले सेवा कार्ड लिनुपर्ने बताइएको छ । पहिलोपटक ५ सय महिलाले यो कार्ड लिएका छन् । बसमा कार्ड रिडिङ मेसिन जोडिएको छ । यो कार्ड रास्वपाले वितरण गरेको हो, जसमा लामिछानेको तस्वीर राखिएको छ ।
भाडामा लिएका बस सञ्चालन शुरु गर्दै लामिछानेले बाचाअनुसारको काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । चुनाव जीतेको एकसय दिन पुगेकै अवसरमा लामिछानेले ६५ वर्षमाथिको नागरिकका लागि निशुल्क स्वास्थ्य सेवाको समेत शुरुवात गरेका छन् । त्यस्तै गुनासो सुन्नका लागि हेलो रवि कार्यक्रम पनि बुधबारबाटै शुरु भएको छ । उनले भदौ १० गते सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने घोषणा समेत गरेका छन् । त्यस्तै ५४ हजार बढि रुख रोप्ने कार्यक्रम समेत लामिछानेले घोषणा गरेका छन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
तपाईको कमेन्ट लेख्नुहोस्