Techie IT
  • २७ वैशाख २०८२, शनिबार
KhojPatrika

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू को दौडधुप, एकैदिन भेटे आधा दर्जन शीर्ष नेता


काठमाडौं । नेपालमा अमेरिकी चासो बढेको बिश्लेषण भईरहेका बेला अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले नेपाल भ्रमण गरेका छन । केही दिनदेखि दक्षिण एसियाको भ्रमणमा रहेका सहायक विदेशमन्त्री लुले नेपालको समेत भ्रमण गरेका हुन् । एकदिने भ्रमणका क्रममा लु ले प्रधानमन्त्री पुष्पकमल दाहालसहितका शिर्ष नेताहरुसँग भेट गरेका छन् । भ्रमणका क्रममा उनले एमसीसी परियोजना कार्यान्वयनका बारेमा छलफल गरेको बताइएको छ ।

नेपालमा शक्ति राष्ट्र अमेरिकाको चासो बढेको बिश्लेषण भईरहेका बेला दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले नेपालको भ्रमण गरेका छन । केही दिनदेखि दक्षिण एसियाको भ्रमणमा रहेका सहायक विदेशमन्त्री लु ले नेपालको समेत भ्रमण गरेका हुन । उनी शुक्रबार बिहान नेपाल आइपुगेका थिए । सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउद सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेका छन ।

भेटका क्रममा सहायक बिदेशमन्त्री लु ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कार्यान्वयनको अवस्था र दुई मुलुकबीचको सम्बन्ध लगायतका विषयमा कुराकानी गरेका छन । दूतावासका अनुसार लुले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गरेका छन् । नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उक्त संस्थाले गरेका प्रयासबारे पनि लुले बुझेको बताइएको छ ।

सहायक विदेशमन्त्री लु दक्षिण तथा मध्य एसिया मामिलामा दख्खल राख्ने अमेरिकी कूटनीतिज्ञमध्येमा पर्छन् । उनी २०७८ भदौ ३० मा दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त भएका हुन् । त्यसअघि लु दुई मुलुकमा राजदूत भइसकेका छन् । उनी किर्गिस्तान र अल्बानियामा राजदूत भइसकेका हुन् । साथै, उनलाई दक्षिण एसिया क्षेत्रबारे राम्रो ज्ञानसमेत रहेको छ ।

३० वर्षभन्दा बढी अमेरिकी कूटनीतिक सेवामा काम गरिसकेका लु नयाँदिल्लीस्थित अमेरिकी दूतावास र पाकिस्तानस्थित अमेरिकी दूतावासमा काम गरिसकेको अनुभव छ । दिल्लीमा उनले उपनियोग प्रमुखको रुपमा समेत काम गरिसकेका छन् । उनी मध्यएसिया तथा दक्षिण एसिया काकेस मामिला कार्यालयका उपनिर्देशकसमेत रहिसकेका छन् ।

यसअघि सहायक विदेशमन्त्री लुले २०७९ साउन १२ र १३ मा दुईदिन र त्यसअघि २०७८ मंसिर १ देखि ४ सम्म चार दिने भ्रमण गरेका थिए । २०७९ असार ६ गते भ्रमणको सिलसिलामा अमेरिकी विदेश मन्त्रीद्वारा वार्षिक रुपमा प्रदान गरिने अवार्ड फर कर्पोरेस एक्सिलेन्स नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गरेका थिए । २०७८ को मंसिरमा नेपाल आएका लुले त्यस बेला नेपाली शीर्ष नेताहरुसँग एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गराउने सम्बन्धमा कूटनीतिक र राजनीतिक भेटवार्ता गरेका थिए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेपाल भ्रमण, #नेपालमा अमेरिकी चासो, #विदेशमन्त्री डोनाल्ड लु

तपाईको कमेन्ट लेख्नुहोस्