Techie IT
  • २७ वैशाख २०८२, शनिबार
KhojPatrika

कोशी प्रदेशमा मध्यावधि चुनावको खतरा, मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत


काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता सम्हालेको ६ महिना नपुग्दै सरकारबाट बाहिरिएका छन् । शुक्रबार प्रदेशसभामा बिश्वासको मत लिने प्रक्रियामा पक्षमा मत नआएपछी मुख्यमन्त्री कार्कीको सत्ता गुमेको हो । अब उनी कोशी प्रदेश सरकारको कामचलाउ मुख्यमन्त्री बनेका छन् ।

प्रदेशसभामा बिश्वासको मत लिने प्रक्रियामा कार्कीको पक्षमा ४६ मत मात्रै प¥यो । उनले बिश्वासको मत पाउन ४७ मत आबश्यक थियो । उनको पक्षमा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ सांसदले मतदान गरेका थिए । उनको बिपक्षमा भने ४३ मत प¥यो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले उनको बिपक्षमा मतदान गरेका थिए ।

जनता समाजवादी पार्टीले भने यसअघि नै तटस्थ बस्ने बताएको थियो । मुख्यमन्त्री कार्कीले बिश्वासको मत नपाएपछी सभामुख बाबुराम गौतमले प्रदेशभालाई जानकारी गराएका थिए । यसअघि बिश्वासको मत लिने क्रममा कार्कीले सबै दलको साझा सरकार बनाउन बिपक्षी दलहरुलाई आग्रह गरेका थिए । तर केन्द्रमा फेरीएको सत्ता समिकरणले प्रदेशमा समेत अर्को गठबन्धन बन्दा कार्कीले सत्ता सम्हालेको ६ महिना नपुग्दै कामचलाउ मुख्यमन्त्री बन्नु परेको हो ।

कार्की गतवर्ष पुष २४ गते एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । केन्द्रको समिकरणअनुसार माओवादी केन्द्र सत्ताबाट बाहिरीदा मुख्यमन्त्री कार्कीले बिश्वासको मत लिनुपरेको हो । कार्की नेतृत्वको सरकारले बिश्वास गुमाएसँगै अब नया सरकार गठनका लागी गृहकार्य सुरु भएको छ ।

नया सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रले दाबी गरेका छन । नेकपा एकिकृत समाजवादीले भने सरकारको नेतृत्वमा आफ्नो दाबी नरहेको बताईसकेको छ । केन्द्रको समिकरणमा रहेका दलहरुले संयुक्त सरकार बनाउने भनेपनी कोशीमा नया सरकार गठनका लागी सहज भने छैन । एमाले र राप्रपा गठबन्धन र कांग्रेस माओवादी गठबन्धनसँग अहिले समान ४६÷४६ मत छ । यो प्रदेशमा १ मत सहितको जसपा निर्णायक छ ।

अर्कोतर्फ तटस्थ भुमिका हुने सभामुखले मत दिन पाउने कि नपाउने भन्ने बिषयलाई लिएर बिपक्षी दलहरुले प्रश्न उठाएका छन । यस्तो अबस्थामा प्रदेश तथा प्रतिनिधिसभाको चुनाब सकिएको ७ महिनामै कोशी प्रदेशमा मध्यावधि चुनावको खतरा बढेको विश्लेषण हुन थालेको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मुख्यमन्त्री कार्की, #मुख्यमन्त्री हिक्मतकुमार

तपाईको कमेन्ट लेख्नुहोस्