Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

मनोरञ्जनमा सौखिन एमाले अध्यक्ष ओली, धान दिवसको विज्ञापनमा दमदार अभिनय !


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः एकपटक चर्चामा आएका छन । यसपटक उनी राजनीतिक भाषणले होईन अभिनयको कारणले चर्चामा आएका हुन् । उनले असार १५ गते मनाईने धान दिबसका लागी बनाइएको भिडियोमा दमदार अभिनय गरेका छन । त्यस क्रममा उनले कृषि क्षेत्रको प्रबद्धनमा जोड दिनुपर्ने सन्देश दिएका छन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समकालीन अन्य राजनीतिज्ञभन्दा आफु फरक रहेको बेला बेलामा पुष्टि गरिरहन्छन । मनोरञ्जनमा सौखिन ओलीले पुनः एकपटक आफु समकालीन नेताहरुभन्दा फरक रहेको पुष्टि गरेका छन् । उनले आफ्नो फेसबुक पेजबाट एउटा भिडियो सार्बजनिक गरेका छन ।

भिडियोमा उनी र उनकी श्रीमती राधिका शाक्य करेसाबारीमा फर्सीका मुन्टा टिप्दै गरेको देखिन्छन् । त्यस क्रममा ओलीले कृषि क्रान्तिका कुरा गरेका छन् । उनले मानब जिबन र जिबिकाका लागी कृषि अनिबार्य भएको बताएका छन । उनले अब कृषिलाई रोजगारी, उद्ययमसिलता र कमाईको बिषय बनाउनु पर्नेमा जोड दिएका छन ।

४६ सकेण्ड लामो यो भिडियो मार्फत ओलीलले असार १५ गते मनाईने धान दिबसलाई धुमधामका साथ मनाउन आग्रह पनी गरेका छन् । यसै भिडियोमार्फत उनले असार १५ को धान दिबस मनाउन आफु चितवन जाने पनि बताएका छन् । उनको यो भिडियोलाई धेरैले मन पराईरहेका छन । कतिपयले उनको अभिनयको प्रसंसा गरेका छन भने कतिपयले उनको तन बुढो भएपनी मन बुढो नभएको लेखेका छन ।

कतिपयले भने ओलीले २०८४ को आमचुनावका लागि अहिलेबाटै तयारी गरिरहेको टिप्पणी गरेका छन । मनोरञ्जनका सौखिन ओली पटक पटक चर्चामा आईरहने नेता हुन । ओलीको खेलकुद र संगितमा पनी अत्यन्तै रुचि छ । एकपटक उनी व्याडमिन्टन खेलेर पनी चर्चामा आएका थिए । एकपटक उनले स्नुकर खेलेको भिडियो पनि सार्वजनिक भएको थियो ।

उसो त ओली आफ्नो भाषण, वाकपटुताका कारण पनि चर्चामा आइरहकै हुन्छन् । समकालिन राजनितज्ञमध्ये बढि अध्ययनशिल समेत रहेका ओली उमेरले पाको भइसकेको भएपनि युवापुस्ताको मनोविज्ञानसँग समेत परिचित नेताका रुपमा प्रकट हुने गरेका छन् । पार्टीको चुनावी घोषणापत्र सार्वजनिक पनि प्रविधिमार्फत गरेका अध्यक्ष ओली धेरैजसो व्यंग्यात्मक र उखान टुक्का हालेर भाषण गर्न माहिर छन् ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एमालेका अध्यक्ष केपी शर्मा ओली, #पुनः एकपटक चर्चा, #सौखिन ओली

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं