Techie IT
  • २८ माघ २०८१, सोमबार
KhojPatrika

९० देखि ५४० रुपैयाँसम्म घट्यो हवाइ भाडा


काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ घटाएसँगै हवाइ यात्राको भाडा पनि घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाइ यात्राको भाडा घटाएको हो ।

सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा ५ सय ४० रुपैयाँले घटेको छ भने सबैभन्दा कम काठमाडौं–सिमराको भाडा ९० रुपैयाँले घटेको छ।

यसैगरी काठमाडौं–भद्रपुरको ३००, काठमाडौं–विराटनगरको २४०, काठमाडौं–धनगढीको ४४५, काठमाडौं–नेपालगञ्जको ३२५, काठमाडौं–भैरहवाको २१० र काठमाडौं–सुर्खेतको भाडा ३४५ ले घटेको छ।

मंगलबार नेपाल आयल निगमले हवाइ इन्धनको भाउ प्रतिलिटर १० रुपैयाँ घटाएको थियो। सोही आधारमा बुधबार भाडा घटाइएको हो ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेपाल आयल निगम, #हवाइ यात्राको भाडा

तपाईको कमेन्ट लेख्नुहोस्