साफ च्याम्पियनसीप आजबाट, उद्घाटन खेलमा नेपाल र कुवेतबीच भिडन्त
काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसीपको उद्घाटन खेलमा नेपालले कुवेतको सामना गर्दैछ । भारतको बैङ्लुरुस्थित श्री कान्तिराभा रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने चार बजेदेखि सुरु हुनेछ ।
दुई आमन्त्रित र साफका ६ राष्ट्र गरी ८ टोलीले च्याम्पियनसीपमा सहभागीता जनाउने छन् । फिफाको वरियतामा नेपाल १७४ औं स्थानमा छ भने कुवेत १४३ औं स्थानमा छ । कुवेत वरियताको आधारमा हेर्ने हो भने नेपाल भन्दा बलियो देखिन्छ ।
कुवेतले दश पटक अरेवियन गल्प कप जितिसकेको छ भने दश पटक एसियन कप समेत खेलिसकेको छ । साथै एक पटक विश्वकप समेत खेलेको छ । कुवेत र नेपालले अहिलेसम्म ९ खेल खेलेका छन् ।
नेपालले १ खेल मात्र बराबरीमा रोकेको छ भने बाँकी ८ खेल हारेको छ । नेपाल र कुवेतसँगै समूह ए मा आयोजक भारत र पाकिस्तान रहेको छ । पाकिस्तान र भारतबीचको दोस्रो खेल राति पौने ८ बजे हुनेछ ।
क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #४ औं संस्करण, #साफ च्याम्पियनसीप
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्