न्याय पाउने आशमा प्रेम चलाउने ! उपकुलपति कार्यालय बाहिर अनसनमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनले उपकुलपति कार्यालयको प्राङ्गणमा अनसन सुुरु गरेका छन । चलाउनेलाई कुटपिट गरेका नेविसंघ नेताहरुको मुद्दा फिर्ता लिने निर्णयका विरुद्धमा उपप्राध्यापक चलाउने आमरण अनसनमा बसेका हुन् ।
ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका हरि आचार्य, योगेन्द्र रावल लगायतको मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेको थियो । त्यो निर्णयविरुद्ध सोमबार बिहान जिल्ला अदालत काठमाडौंमा आमरण अनसन बस्न लागेका उनलाई प्रहरीले पक्राउ गरेको थियो । अहिले चलाउने त्रिविमै आमरण अनसन शुरु गरेका हुन् ।
चलाउनेको अनसनमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको समेत समर्थन रहेको छ । यता चलाउनेले भने सरकारबाट न्याय पाउने आश मरिसकेको तर न्यायका लागि बोल्ने व्द्धीजविको साथ रहेको बताएका छन् । चलाउनेमाथि त्रिवि परिसरभित्रै २०७७ असोज २० गते सांघातिक आक्रमण भएको थियो ।
आक्रमणमा परेका चलाउनेको हात खुट्टा भाच्चीएको थियो । अहिले पनी उनी हिडडुल गर्दा वैशाखीको साहारा लिनुपर्ने अबस्थामा छन् । त्रिवि परिसरभित्रै शिक्षकमाथि सांघातिक आक्रमण गर्ने अपराधीहरूमाथि कारबाही हुनुपर्ने माग राख्दै चलाउनेले अनसन शुरु गरेका हुन् । त्रिवि परिसरभित्रै प्राध्यापकहरु असुरक्षित भएर त्रासको वातावरण बनेको छ ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको धर्नालाई ऐक्यवद्धता जनाउन जिल्ला अदालत, काठमाडौं पुगेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
मंगलवार ब्यानरसहित चलाउनेको धर्नामा ऐक्यवद्धता जनाउन जिल्ला अदालत काठमाडौं पुगेका केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आफूमाथि निर्घात कुटपिट गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयबिरुद्ध चलाउने सोमवार साँझदेखि धर्नामा बसेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #न्याय पाउने आश, #प्रेम चलाउने
तपाईको कमेन्ट लेख्नुहोस्