Techie IT
  • ३ असार २०८२, मंगलबार
KhojPatrika

नेतृत्व नै टुंगो लगाउन नसकेको समाजवादी मोर्चा, कसले पाउछ पहिलो संयोजक ?


काठमाडौं । समाजवादको उद्देश्य प्राप्तिका लागि १५ बुँदे वैचारिक एवं राजनीतिक प्रतिबद्धता सहित चार दलीय समाजवादी मोर्चा नेपालको घोषणा भएको छ । सोमबार राष्ट्रिय सभागृहमा औपचारिका कार्यक्रम गरेर चार दलले मोचा घोषणा गरेका हुन् । चार दलीय मोर्चामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहेका छन् ।

मोर्चाले मस्यौदामा सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्नुे प्रमुख उद्देश्य हुने उल्लेख गरेको छ । मोर्चाले गणतन्त्र, धर्म निरपेक्षता, सङ्घीयता, समानुपातिक समावेशी सिद्धान्त र संविधानप्रति प्रतिबद्ध भएर नेपाली विशेषताको समाजवाद स्थापना मोर्चाको साझा नीतिगत सङ्कल्प रहेको छ । मोर्चामा सहभागी दलका नेताहरूले आलोपालो नेतृत्व गर्ने सहमति समेत गरेका छन् ।

चार दलीय समाजवादी मोर्चाको नेतृत्व गरेका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा अग्रमन र प्रतिगमनको विरुद्धमा खडा भएको बताएका थिए । मोर्चाका नेताहरुले केन्द्रीय मोर्चा घोषणा गरेसंगै आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाइने बताइने बताएका छन् । साथै मोर्चाले केन्द्रीय संयोजन समिति बनाउने र संयोजन समितिको सचिवालय रहने नेताहरुले दावी गरेका छन् ।

कार्यक्रममा बोल्दै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा स्वार्थमा नबनेको र एमाले अध्यक्ष केपी ओलीले भनेजस्तो कसैलाई तर्साउन वा कसैसँग मुकाबिला गर्न पनि नबनाएको दाबी गरे । त्यस्तै मोर्चामा हालसम्मका उपलब्धिको रक्षा गर्दै समाजवादको बाटो तय गर्ने भन्दै आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समृद्धिका सवालमा पनि साझा धारणा बनाइएको दावी गरिएको छ । सदियौँदेखि कायम रहिआएको वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैङ्गिक र जात व्यवस्थाजन्य शोषण, उत्पीडन, असमानता र विभेद अन्त्य गर्ने सङ्कल्प गरिएको छ ।

मानव विकास सूचकाङ्कमा पछाडि परेका मधेश, कर्णाली र सेती–महाकालीलगायत पिछडिएको क्षेत्र र जनताको विकास र अवसरलाई विशेष प्राथमिकतामा राख्ने उल्लेख छ । कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशले संकट व्यहोरिरहेको अवस्थाबाट प्रतिगामी र पश्चगामी शक्तिलाई फाइदा उठाउन नदिन समाजवादी मोर्चा गठन गरिएको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्र बन्न तर्क राखेका छन् ।जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवले समेत मोर्चाबाट कसैले तर्सिन नहुने दावी गरे । समाजवादी मोर्चाले विभिन्न आन्दोलनका क्रममा लगाइएका मुद्दा खारेजीका लागि पहल गर्नेछ ।

वित्तीय एकाधिकार तथा दलाल पुँजीवादको शोषण र हस्तक्षेपबाट मुक्त तथा सार्वजनिक, सहकारी एवं निजी क्षेत्रको समन्वयात्मक, सहकार्यात्मक र क्तियाशील भूमिकाका आधारमा समाजवादी अर्थ–राजनीतिक व्यवस्था अवलम्बन गर्ने प्रतिबद्धतामा उल्लेख गरेका छन् । मोर्चामा बाबुराम भट्टराईले तेतृत्व गरेको नेपाल समाजवादी पार्टी नेपाल समेत सहभागि हुने बताइएको भएपनि अन्तिम समयमा भट्टराईले मोर्चामा चासो देखाएनन् । उनका अलवा बामदेव गौतम समेत मोर्चामा रहने हल्ला चलेको थियो । तर बामदेव भने अन्तिम समयमा एमालेमा फर्किने निर्णयमा पुगेका हुन् ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #१५ बुँदे वैचारिक, #प्रतिबद्धता, #समाजवादको उद्देश्य, #समाजवादी मोर्चा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं