Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

कुलमान घिसिङलाई प्रश्नः किन बत्ती पटक–पटक जान लाग्यो ?


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यात गरेकै कारण लोडसेडिङ नभएको बताएका छन् । वितरण प्रणालीमा आएको समस्याले मध्य र पश्चिम नेपालमा विद्युत आउने जाने गरेको भन्दै नागरिकले चर्को आलोचना गरेपछि घिसिङले पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् । पछिल्लो समय गर्मी बढेसंगै तराईमा विद्युतको माग उच्च बढेको छ ।

नागरिक स्तरबाटै विद्युत प्राधिकरणले आवश्यक विद्युत पु¥याउन नसकेको भन्दै चर्का आलोचना भएको थियो । पछिल्लो समय गर्मी बढेसंगै देशभर विद्युतको अभाव भइरहेको छ । तराईका जिल्लामा ४० डिग्री भन्दा बढि तापक्रम पुग्दा गर्मीले नागरिकले हैरानी खेप्नुपरेको छ । जसका कारण तराईमा विद्युतको माग बढेको छ । त्यसका अलवा वितरण प्रणालीमा आएको समस्याले मध्य र पश्चिम नेपालमा पटकपटक विद्युत आउने जाने गरेको भन्दै नागरिक स्तरबाट नेपाल विद्युत प्राधिकरणको चर्को आलोचनासमेत भइरहेको छ ।

विद्युत आपूर्ती कम भएको भन्दै नागरिक स्तरबाटै चर्काे आलोचना हुन थालेपछि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आइतबार पत्रकार सम्मेलन गरेर विद्युत निर्यात गरेकै कारण लोडसेडिङ नभएको दावी गरेका छन् । कार्यकारी घिसिङले धेरै सबस्टेशन र केही ट्रान्समिसन लाइनमा प्रमुख समस्या रहेको र तराई मधेशमा धेरै गर्मी भएकाले विद्युत खपत बढ्दा ट्रान्समिसन लाइनमा समस्या आएको दावी गरे ।

यतिबेला मुलुकको कुल विद्युत उत्पादन क्षमता २७ सय मेगावाट छ । जसमा पुर्व पश्चिममा १ सय ३२ केभीको लाइन छ भने केही स्थानमा २ सय २० केभी लाइन छ । त्यसका अलवा क्रसबोर्डरमा ढल्केबर देखि मुजफरसम्मको ४ सय केभीको लाइन छ । पुर्व पश्चिमको ४ सय केभीको लाइन भने सञ्चालनमा आएको छैन ।

हेटौंडादेखि भरतपुर र भरतपुर देखि बर्दघाटसम्मको २ सय २० केभीको लाइन निर्माण सम्पन्न हुने क्रममा रहेपनि सञ्चालनमा आइसकेको छैन । जसले विद्युत आपूर्ती समाधान गर्न समस्या भइरहेको छ । विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङ भने विद्युत प्रणालीमा स्थिरता ल्याउने काम भइरहेकोले यो समस्या कम हुँदै जाने समेत दाबी गर्छन् । त्यसका अलवा अहिले तराईमा गर्मी बढ्दा एसी, फ्यानको प्रयोग ह्वात्तै बढेको र कोहलपुर, बुटवल, विरगंज औद्योगिक क्षेत्र भएकोले विधुत अत्याधिक रुपमा पढ्दा विद्युत आपूर्ति गर्न कठिनाई भएरहेको प्राधिकरणको दावी रहेको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कुलमान घिसिङ, #नेपाल विद्युत प्राधिकरण, #लोडसेडिङ

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं