प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दिनभर मेलम्चीको निरिक्षणमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षणका लागि सिन्धुपाल्चोक गएका छन् । प्रचण्ड केही बेरअघि त्यसतर्फ प्रस्थान गरेको गरेका हुन ।
प्रधानमन्त्रीका साथमा खानेपानीमन्त्री महिन्द्र राय यादव, स्वस्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत लगायत पनि छन्।
दिनभर सिन्धुपाल्चोकमा रहने प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी आयोजनाको अहिलेको अवस्थाबारे जानकारी लिनुका साथै स्थानीय बासिन्दासँग अन्तरक्रिया पनि गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्डसहितको टोलीलाई अम्बाथान क्याम्पमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशकले आयोजना सम्बन्धी ‘ब्रिफिङ’ गर्ने कार्यक्रम छ।
त्यसपछि प्रधानमन्त्रीले ग्याल्थुममा स्थानीय पदाधिकारीसँग पनि अन्तरक्रिया गर्नेछन् । उनी सिन्धुपाल्चोकबाट अपराह्न ५ बजे काठमाडौं फर्किने कार्यक्रम छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दाहाल ‘प्रचण्ड’ मेलम्ची खानेपानी, #पुष्पकमल दाहाल प्रचण्ड, #सिन्धुपाल्चोक
ताजा खबर
- १नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
- २कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छः सुरेन्द्र पाण्डे
- ३कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले सोधिन–मेरो हातमा रगत लागेको छ ?
- ४हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, रुकुमपूर्वमा २ सय ५० बढी यात्रु अलपत्र
- ५१ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित



तपाईको कमेन्ट लेख्नुहोस्