संसदीय सुनुवाई समितिको बैठकमा हुलहुज्जत, हरिकृष्ण कार्कीलाई बिहिबार बोलाइयो
काठमाडौं । प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिको बैठकमा बिहिबार विहान ८ बजे प्रस्तावित प्रधानन्यायाधिश हरिकृष्ण कार्कीलाई बोलाइएको छ । उजुरीकर्ताहरुसँग छलफलपछि कार्कीलाई बोलाउने निर्णय भएको हो । कार्कीको कार्ययोजना प्रस्तुत गर्नका लागि आमन्त्रण गरिएको जानकारी दिए । २९ जना उजुरीकर्तामध्ये ७ जनालाई व्यक्तिगत र अरुलाई सामूहिक रुपमा छलफल गरेको उनको भनाइ छ ।
यसअघि सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथिका उजुरीकर्ताहरूले संसदीय सुनुवाइ समितिको बैठकमा हुलहुज्जत भएको थियो । बुधबार संसदीय समितिको बैठकमा छलफलका लागि आमन्त्रित २९ जना उजुरीकर्ताले सुनुवाईको मोडालिटी बनाएर छलफल गरौ भन्दा जालसाजी तरिकाले प्रश्नोत्तर शैलीमा टुङ्ग्याउने काम गरेको भन्दै हुलहुज्जत भएको हो ।
उजुरीकर्ताले हरिकृष्ण कार्कीलाई पनि संगै छलफलमा राख्न माग गरेका थिए । समितिको बैठकमा उजुरीकर्ताले संयुुक्त समितिको नियमावली राजपत्रमा प्रकाशित नगरी बैठक सञ्चालन गरेको भन्दै समितिको बैधतामाथि नै प्रश्न उठेको बताइएको छ । समितिमा ३ जनालाई उजुरी प्रस्तुत गर्न समितिले समय दिएपनि उनीहरूले उजुरी प्रस्तुत नगरी समितिको वैधतामा पटक पटक प्रश्न उठाएका थिए ।
संघीय संसदको संयुक्त बैठक र संयुुक्त समिति कार्यसंचालन नियमावली २०८० राजपत्रमा प्रकाशित नगरी सोही नियमावलीका आधारमा बैठक संचालन गरेकोले बैठक अबैध रहेको दावी गरेका थिए । जुन नियमावलीमा गत जेठ १४ गते सभामुख देवराज घिमिरेले हस्ताक्षर गरेपनि राजपत्रमा नछापिएकोले बैठक को बैधतामाथि उजुरीकर्ताले प्रश्न उठाएका छन् । उजुरी कर्तालाई बोल्न प्रर्याप्त समय नदिएको, सो नियमावलीलाई बैध बनाएर छलफल अघि बढाउन माग गर्दा समितिले नमानेको भन्दै उजुरीकर्ता आक्रोशित भएपछि उनीहरुलाई बैठकबाट बाहिर निकालिएको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #संसदीय सुनुवाई समिति, #सुनुवाइ समिति, #हरिकृष्ण कार्की
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्