राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात, सहिद गंगालाल हृदय रोग केन्द्रमा एन्जिओप्लाष्टी गरियो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ । मंगलबार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका थिए ।
पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको अस्पतालले जनाएको छ । राष्ट्रपतिको मुटुको दाहिनेतिरको नसाबाट तार हालेर जाली खोलेर रगत सञ्चालन गरिएको छ ।
पौडेल छाती दुख्ने, भारी हुने, गाह्रो हुने लगायत समस्या भएपछि अस्पताल पगेको बताइएको छ । चिकित्सकका अनुसार एनजिओप्लास्टी गरेपछि मुटुले कस्तो काम गर्छ भनेर दुई दिन हेर्नुपर्ने भन्दै अस्पतालमै भर्ना गरिएको छ ।
अस्पतालले राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै भोलीसम्म डिस्चार्ज गरिने बताएको छ । निर्देशक डा. चन्द्रमणि अधिकारी नेतृत्वको टोलीले राष्ट्रपति पौडेलको शल्यक्रिया गरेको थियो । राष्ट्रपति पौडेलले शनिबार पनि गंगालालमै नियमित परीक्षण गराएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #रामचन्द्र पौडेललाई हृदयघात
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्