१० किलो सुन चोरेको आरोप लगाएपछि धरधरि रोए पशुपतिका सदस्य–सचिव मिलनकुमार थापा !

काठमाडौं । राष्ट्रियसभा अन्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा पशुपतिनाथको जलहरी प्रकरणले रुवाबासी नै चल्यो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिब डाक्टर मिलनकुमार थापाले सुनको जलहरी प्रकरणमा आफ्नो नाम समेत जोडिएको भन्दै गुनासो पोखेका हुन् ।
बैठकमा भाबुक देखिएका थापाले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दावी समेत गरेका छन् । संघिय संसद अन्र्तगत राष्ट्रियसभाको राष्ट्रि सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा पुशपति क्षेत्र बिकास कोषका सदस्य सचिब डाक्टर मिलनकुमार थापाले आशु थाम्न सकेनन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिनाथमा सुनको जलहरी लगाउँदा १० किलो सुन गायब पारेको भनेर अनाहकमा आफ्नो बदनाम गरेको भन्दै कोषका सदस्यसचिव थापा धुरुधुरु रोएका हुन । पशुपतिनाथको जलहरी प्रकरणलाई लिएर आम मानिसमा चासो बढेको छ ।
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पुर्बप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिमा जलहरी राख्ने बेला भ्रष्टाचार भएको दाबी गर्दै संसदमा आवाज उठाएपछी यो बिषयमा आम मानिसमा चासो बढेको हो । यो प्रकरणमा आफुलाई समेत जोडेको भन्दै पशुपति क्षेत्र बिकास कोषका सदस्य सचिब थापाले बैठकमै आशु बगाएका हुन ।
उनले जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको पनी बताएका छन । आफूले पटक–पटक जलहरीको सुनको तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई दोषी करार गर्न खोजेको भन्दै सदस्य सचिव थापाले गहभरी आँशु बनाएका हुन् । सदस्य सचिब थापाले आफ्ना दुई सन्तान रहेको र उनीहरुको भविष्य समेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको भन्दै दुखेसो पोखे ।
आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गा लगायतका सम्पत्ति दुरुपयोग गरेर बाँच्नु नपर्ने पनि उनको भनाई छ । उनले जलहरी काण्डमा आफूले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र ? भनि सांसदहरुसँग जिज्ञासा समेत राखे । यसअघि जलहरी प्रकरणले नेकपा एमालेले संसद बैठक नै अवरुद्ध गरेको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पशुपति क्षेत्र विकास, #पशुपतिनाथको जलहरी, #मिलनकुमार थापा
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्