अध्यक्ष ओलीलाई भ्रष्ट्राचारको आरोप लगाएको भन्दै एमालेले गर्यो संसद बैठक अवरुद्ध
काठमाडौं । नेकपा एमालेले अवरोध गरेपछि संसद बैठक २० मिनेटका लागि स्थगित भएको छ । नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।
एमालेले दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् । एमालेको मागलाई ध्यानमा राख्दै बैठक अघि बढाउने सभामुख घिमिरेको प्रयास भएपछि एमालेले वेल घेराउ गरेको थियो । एमालेका सांसदहरु वेलमा पुगेर सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
उनीहरुले संसदीय मर्यादा कायम गर्न माग गरिरहेका थिए । एमाले प्रमुख सचेतक पदम गिरीले पशुपतिनाथ मन्दिरको जलहरि लगाउन विषयमा पित्तलको जलहरि चढाएर अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप सत्तापक्षले लगाएको भन्दै सत्यतथ्य छानविन नभएसम्म सदन चल्न नदिने भन्दै एमालेले सदन अवरुद्ध गर्ने चेतावनी दिएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अध्यक्ष केपी शर्मा ओली, #एमालेले अवरोध, #सभामुख देवराज घिमिरे
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्