नक्कली भुटानी शरणार्थी प्रकरणमा के गर्दैछ प्रहरी, अझै बुझाएन प्रतिबेदन

काठमाडौं । नक्कली भुटानी शरणर्थी प्रकरणका आरोपीलाई अनुसन्धानका लागी ३ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । आईतबार काठमाडौ जिल्ला अदालतलले शरणार्थी प्रकरणमा मुछीएका सबै जना लाई ३ दिनको म्याद थपेको हो ।
अहिले सम्म नक्कली भुटानी शरणर्थी प्रकरणमा आरोपीको रुपमा प्रहरीले अनुसन्धानको लागि १६ जनालाई हिरासतमा राखेको छ । प्रहरीले जेठ ४ गते भुटानी शरणर्थीका नेता टेकनाथ रिजाल र हज समितीका अध्यक्ष शमशेर मियालाई पक्राउ गरेको थियो । ३ दिन अघिमात्र पक्राउ परेका रिजाल र मियालाई अनुसन्धानको लागि समय नपुगेर म्याद थपिएको हुनसक्ने देखिएको छ ।
प्रहरीले यो प्रकरणलाई संगठित अपराधअन्तर्गको कानूनअनुसार छानविन गरिरहेको छ । जुन मुद्दामा आरोपीहरुलाई ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गरी सक्नुपर्ने कानुनी व्यवस्था छ । तर प्रहरी अहिलेसम्म अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा वुझाएको छैन । जसका कारण जिल्ला सरकारी वकिालको कार्यालयले अध्ययनका लागि थोरै समय पाउने देखिएको छ ।
यता सहन्यायधिवक्ता नेउपानेले समयमा प्रहरीले अनुसन्धान प्रतिवेदन नबुझाउँदा त्यसको दबाब सरकारी वकिल कार्यालयमा पर्ने बताएका छन् । ६० दिनभित्र अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता गर्नुपर्ने चापका कारण सरकारी वकिालको कार्यालयल दबाबमा पर्ने उनको भनाई छ । शुरुमा ठगीसम्बन्धी अनुसन्धान गरेको प्रहरीले अनुसन्धान गर्दै जाँदा संगठित अपराधसम्म पुगेको हो । सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धानको मिसिल आएपछि मात्र यथेष्ट प्रमाणको आधारमा कस्तो मुद्दा दर्ता गर्ने वा नगर्ने भन्ने निक्र्याेल गर्ने बताएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #आरोपीलाई अनुसन्धान, #काठमाडौं जिल्ला अदालत
ताजा खबर
- १प्रधानमन्त्रीको भारत भ्रमणमा दौरासुरुवाल हिट, खैरो कोटमा धपक्कै प्रचण्ड र मन्त्री
- २उज्जैनको महाकालेश्वर बाबा मन्दिरमा प्रचण्डको पूजाअर्चना, चढाए १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ
- ३सम्झौताका सर्त र कानुन मिच्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्री बस्नेतको चेतावनी !
- ४पूर्वराजा ज्ञानेन्द्र शाह र झलनाथ खनालको के हो बिवाद ? देशमा घुम्न नदिने खनालको चेतावनी
- ५भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर
तपाईको कमेन्ट लेख्नुहोस्