संसद भवन जाँदा तामझाम नगर्न राष्ट्रपति रामचन्द्र पौडेलको निर्देशन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न बिनातामझाम संसद् भवन नयाँ बानेश्वर जाने भएका छन् । सडक अवरोध हुने र नागरिकले सास्ती पाउने भन्दै उनले त्यस्ता तामझाम नगर्न सुरक्षा निकायलाई निर्देशन दिएको बताइएको छ । राष्ट्रपतिमा निर्वाचित भएसँगै सडक खाली गराएरै हिँड्ने परम्परालाई राष्ट्रपति पौडेलले सच्याउँदै आएका छन् ।
यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र रामवरण यादवको पालामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन जाँदा र अन्य सरकारी कार्यक्रममा सहभागी हुँदा सडक जाम गरिएको र नागरिकले सास्ती पाएको भन्दै चर्को आलोचना हुने गरेको थियो । तर, सुरक्षा निकायले भने अतिविशिष्टहरुको सुरक्षा प्रोटोकलका कारण सडक खाली गराउने गरिएको दाबी गर्दै आएको थियो ।
आज संसद् भवनबाट राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नीति तथा कार्यक्रम, #राष्ट्रपति रामचन्द्र पौडेल, #संसद् भवन
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्