सरकारको नीति तथा कार्यक्रम शुक्रबार राष्ट्रपतिले पढ्ने
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो व्यहोराको पत्र पढेर सुनाउँदै भोलि दिउँसो पौनी ४ बजे सम्पूर्ण सदस्यहरूलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिए ।
प्रतिनिधि सभाको आजको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८–७९ पेस भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक बर्ष २०७८–७९’ पेस गरेका थिए ।
प्रतिनिधि सभाको अर्को बैठक यही जेठ ५ गते साँझ ६ बजे बस्नेछ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नीति तथा कार्यक्रम, #राष्ट्रपति रामचन्द्र पौडेल
ताजा खबर
- १कांग्रेसले भन्यो–कार्की आयोगको प्रतिवेदन अपूर्ण
- २बालेनलाई प्रधानमन्त्री बन्न बाटो खुल्यो, रास्वपाले बनायो संसदीय दलको नेता
- ३कार्की आयोगको सिफारिस ‘चरम पूर्वाग्रह रहेको एमाले अध्यक्ष ओलीको टिप्पणी
- ४सरकारलाई प्रश्न सोधेर सहयोग गर्छौंः हर्क साम्पाङ
- ५रचनात्मक काममा रास्वपा सरकारलाई सहयोग रहन्छः प्रचण्ड



तपाईको कमेन्ट लेख्नुहोस्