कांग्रेसमा भाँडभैलो, संस्थापन इतर समुहका नेताहरुले सुरु गरे पार्टी रुपान्तरण अभियान !

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समुहका नेताहरुले कांग्रेस रुपान्तरण अभियान शुरु गर्ने घोषणा गरेका छन् । सभापति शेरबहादुर देउवाको कार्यशैलीले पार्टीको अस्तित्व समेत संकटमा पर्नसक्ने भन्दै उनीहरुले अभियान शुरु गर्न लागेका हुन् । एकलौटी रुपमा पार्टी चलाएको आरोप खेपिरहेका देउवालाई थप दबाब दिन भन्दै शुरु हुन लागेको अभियानअन्तर्गत देशव्यापी कार्यक्रम गर्ने तयारी अभियानको रहेको छ ।
सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा पार्टी चलाउन खोजेको आरोपसहित कांग्रेस महामन्त्री गगन थापाले केही दिनअघि मात्रै पार्टीभित्र विद्रोह गर्नुपर्ने अबस्था आएको संकेत गरेका थिए । निर्वाचित महामन्त्रीहरुलाई बाइपास गरेर पार्टी चलाउन खोजेको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले असन्तुष्टि व्यक्त गरिरहेका बेला इतर समुहकै नेताहरुले कांग्रेस रुपान्तरण अभियानको घोषणा गरेका छन् ।
नेताहरु गुरुराज घिमिरे, मधु आचार्यलगाएतले अभियानको शुरु गरेका हुन् । उनीहरुका अनुसार देशव्यापी रुपमा अभियान चल्नेछ । कांग्रेस महाधिवेशन भएको एकवर्षभन्दा बढि समय भइसक्दा समेत विभागहरु गठन हुन सकेका छैनन् । भातृ संगठनहरु टिके नेताहरुको जिम्मामा कांग्रेसले छाडेको छ । सरकारमा सहभागी हुने मन्त्रीका बारेमा समेत पार्टीभित्र पर्याप्त छलफल हुन नसकेको भन्दै आलोचना समेत भइरहेको छ ।
यता नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने र नपर्ने विषयमा समेत पार्टीभित्र एकमत छैन । यस्तोमा इतर समुहका नेताहरुले भने कांग्रेस सुद्धिकरण अभियान चलाउन खोजेको बताएका छन् । कांग्रेसको मुल नेतृत्वका कारण पार्टी कमजोर बन्दै गएको र योग्यहरुले पार्टीभित्र अवसर नपाएको भन्दै रुपान्तरण अभियान शुरु गर्न लागेको नेताहरुको भनाई छ ।
त्यसो त कांग्रेसको अघिल्लो वर्ष भएको महाधिवेशनमा समेत महामन्त्री गगन थापाहरु रुपान्तरण अभियानसहित मैदानमा उत्रिएका थिए । महाधिवेशनले दुई महामन्त्रीहरुको एजेण्डा अनुमोदन गरेको भएपनि केन्द्रीय समितिमा भने संस्थापन पक्षकै बाहुल्यता छ । निर्वाचित महामन्त्रीहरुलाई समेत जिम्मेवारी नदिएको भन्दै कांग्रेसभित्र शक्तिसंघर्ष भने बढ्न थालेको देखिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कांग्रेस रुपान्तरण, #कांग्रेसको संस्थापन इतर
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्