११ दिनसम्म भाग्दै लुकेका टोपबहादुर बुढानिलकण्ठबाट आखिर कसरी पक्राउ परे ?

काठमाडौं । यतिबेला नेपालको राजनीतिक बृत्तसँगै सिंगो देश नै तरंगित छ । यसरी देशभर हलचल ल्याउने घटना बनेको छ, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लग्न भन्दै अबौंको ठगी गर्ने गिरोहमाथीको प्रहरी एक्सन । नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म१३ जना पक्राउ परिसक्दा ११ दिनसम्म फरार पूर्वमन्त्री टोपबहादुर रायमाझी कहाँ लुकेर बसे ? चासोका साथ खोजी गरिएको छ ।
कांग्रेस नेता समेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायतका १२ जना पक्राउ पर्दासम्म एमालेका निलम्बित सचिव एवंम् पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्न प्रहरी सफल नहुँने आँकलन गरिदै थियो । तर आईतबार सबै आँकलन र अनुमानलाई गलत सावित गर्दै प्रहरीले पूर्वमन्त्री रायमाझीलाई पक्राउ गर्यो ।
पक्राउ पुर्जी जारी भएको ११ औँ दिनसम्म भाग्न सफल रायमाझी १२ औं दिनपछि भाग्न असफल बनेसँगै उनी यो बीचमा कहाँ बसे, कसरी लुकेका थिए ? चासोका साथ खोजी भैरहेको छ । वैशाख २० गते अर्घाखाँचीको कार्यक्रममा अथिति बनेर पुगेका पूर्वमन्त्री रायमाझी कार्यक्रम सकेर सोही दिन राति काठमाडौं आउने योजनामा थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा संगलग्नताको आरोपमा पक्राउ पूर्जी जारी भएसँगै उनी हचकिए । लगत्तै छोरा सन्दीप पक्राउ परेपछि त उनी थप रणनीति बुन्न लागे ।
भैरहवाबाट काठमाडौं आउनका लागि हवाई टिकटसमेत काटेका रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रहरी प्रमुख बसन्त बहादुर कुँबरसम्मलाई फोन गर्न भ्याए । आफू निदोष रहेको र अनुसन्धानमा सहयोग गर्ने अभिव्यक्तिसहितको भिडियो समेत पोष्ट गरेका उनी त्यस लगत्तै सम्पर्कविहीन बने ।
आइजिपीले आफै उपस्थित हुने विश्वासमा बाटोमा धरपकड नगर्ने सुविधा दिएपछि फरार भएका रायमाझीलाई पक्राउ गर्न पछि प्रहरी प्रमुख कुँवरले नै सिआइबी, बिशेष ब्युरोसम्मलाई निर्देशन दिए । अर्घाखाँचीबाट बुटवल हुँदै भैरहवासम्म पुगेको सूचना पछ्याएको प्रहरी केही समय अलमलिनुपर्यो । हैरानी समेत ब्यहोर्नुपर्ने अवस्थामा पुग्यो ।
सम्पर्कविहीन हुँदै फरार भएका रायमाझी पक्राउ नपरेपछि ७७ वटै जिल्लामा उनलाई नियन्त्रणमा लिन सर्कुलर नै गर्नुपर्ने अवस्था आयो । रायमाझी नयाँदिल्लीमा रहेका आफ्ना साँढु भाईको सहयोगमा एक नेपाली मूलका व्यापारीको घरमा पुगेर लुकेको खबर प्रहरीमा आयो । यसपछि प्रहरीले उक्त स्थानसम्म पुगेर पक्राउ गर्ने योजनासहित भारतीय प्रहरीको समन्वयमा टोली खटायो । भारतमै लुकेको अवस्थामा पक्राउ पर्ने जोखिम भएपछि शुक्रबार रायमाझी पोखरा आइपुगे ।
प्रहरी छल्दैभागिरहेका रायमाझीलाई ट्यापिङ गरिरहेको प्रहरीले पोखरामा समेत पक्राउको प्रयास गर्यो तर सफल भएन । प्रहरीलाई छल्दै शनिबार साँझ रायमाझी पोखराबाट काठमाडौं आए । उनी काठमाडौं आएर बुढानिलकण्ठस्थित पासिकोटमा रहेको आफन्त र माओवादी नेता समेत रहेका नारायण पौडेलको घरबाट लुकेर बसेको सुईको पाएको प्रहरीले शनिबार राती एकाएक पक्राउ गर्यो ।
फरार भएको १२ औँ दिनमा पक्राउ परेका पूर्वमन्त्री रायमाझी नेकपा एमालेले कारबाही गरेर अनुसन्धानमा सहयोग गर्ने भनेसँगै नैतिक दबाबमा परेपछि नेपाल आएको आँकलन समेत गरिएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई भीआई कनेक्सनको चाँजोपाँजो मिलाएको र आर्थिक लाभ समेत लिएको आरोप लागेका पूर्वमन्त्री रायमाझीलाई पूर्वगृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँडलाई जस्तै प्रहरी वृत्त, सोह्रखुट्टेमा प्रहरी अधिकृत बस्ने कोठामा सुविधासहित राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेपालको राजनीतिक, #पूर्वगृहसचिव, #बालकृष्ण खाँड
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्