अमरेशले संसदमा ल्याइदिएको तरंग, आफै अर्धनग्न भएर के सन्देश दिन खोजे ?

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंह प्रतिनिधिसभाको बैठकमा अर्धनग्न भएका छन् । उनले संसद बैठकको आकस्मिक समयमा बोल्न नपाएको भन्दै सट र गञ्जी नै खोलेर अर्धनग्न भएका हुन् । संसद बैठक सुरु हुने वित्तिकै बोल्न पाउनुपर्ने माग राख्दै उभिएका उनी सभामुख देवराज घिमिरेले बोल्न समय नछुट्याएको बताएपछि संसदीय मर्यादा नै भुलेर सांसद सिंहले विरोध जनाएका थिए । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद प्रेम सुवाल र अमरेशकुमार सिंहले आकस्मिक समय माग गरेका थिए । तर, बैठक सुरु हुने वित्तिकै शुन्य समयमा समय नपाएका सांसदले आकस्मिक समयमा बोल्न पाइन्छ कि भन्दै संसद बैठकमा उभिए ।
उनीहरुले सभामुख घिमिरेलाई समय दिन पटक–पटक माग गरे । तर, सभामुख घिमिरेले आजको बैठकमा विशेष समय नछुट्याइएको भन्दै सांसदलाई पटक–पटक बस्न आग्रह गरे । शुन्य समय सुरु गर्नुअघि सांसदलाई सभामुख घिमिरेले गरेको आग्रहलाई केही सांसदले स्वीकार गरे । तर, स्वतन्त्र सांसद अमरेश कुमार सिंहले भने सबैलाई चकित बनाउदै कपडा नै खोल्न थाले । सभामुख घिमिरले पटक–पटक सचेत गराउदा गराउदै सांसद सिंहले भने लगाएको सट र गञ्जी नै फुकालेर टेबुलमा राखे ।
संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरे । प्रतिनिधिसभाको नियमावलीको नियम २१ मा संसदमा हुने छलफलमा भाग लिने सदस्यले पालन गर्नु पर्ने नियम सम्बन्धी व्यवस्था छ । संसदमा अशिष्ट, अश्लिल, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने संसदीय मर्यादा छ । यो नियमावलीको व्यवस्था उलंघन गरेको भन्दै सभामुख घिमिरेले अन्यथा कारबाही हुने पटक–पटक चेतावनी दिए ।
सभामुखले भने ‘तपाईंलाई म चेतावनी दिन चाहन्छु । तपाईं यो अशिष्ट व्यवहारबाट फर्केर आएर बस्नुस’ सभामुख घिमिरेले भने । तर, सांसद सिंहले मानेनन् । त्यसपछि सभामुख घिमिरेले सभामुखको निर्देशन नमान्दा कारबाही हुने चेतावनी दिए । प्रतिनिधिसभा नियमावलीको नियम ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्ने व्यवस्था छ । चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्ने नियमावलीमा उल्लेख छ ।
सभामुख घिमिरेले कारबाहीकै चेतावनी दिएपछि सांसद सिंह पछि हट्र्दै सर्ट लगाएर आफ्नो सिटमा बसे । त्यसपछि सभाको कामकारबाही अगाडि बढ्यो । लगत्तै सुरु भएको शून्य समयमा बोल्ने सांसदहरुले सांसद सिंहको स्वास्थ्य जाँच गर्नुपर्ने भन्दै कडा टिप्पणी गरे । सांसद सिंहले फुकालेको लुगा नलगाएको भए सभामुख घिमिरेले बैठक कक्षबाट निष्काशन गर्ने तयारी गरेका थिए । नियमावलीको नियम ३० मा सांसदले अभद्र व्यवहार देखाएमा सभामुखले निष्काशन गर्न सक्ने व्यवस्था छ ।
नियम २० को चेतावनी पालना नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिनसक्ने व्यवस्था छ । आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानुपर्छ । बैठकबाट निष्काशन भइसकेपछि उक्त दिनको बाँकी अवधिको बैठकमा निष्काशन भएको सांसद उपस्थित हुन नपाउने व्यवस्था छ । सभामुखको ओदश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर नगएमा सभामुखले मर्यादापालकको सहयोग लिएर बाहिर निकाल्न सक्नेछन् ।
मर्यादापालकको सहयोगबाट निष्काशन सदस्यले त्यसपछिको तीन दिनसम्म सांसद वा कुनै समितिको भाग लिन पाउने छैन । यसरी निकालिएकोमा सचिवले त्यसको सुचना सम्बन्धित समिति तथा संसदीय दललाई दिने ब्यवस्था छ । यो कारवाहीबाट सांसद सिंह भने बचेका छन् । तर, उनीले के बिषयमा उधुम नै मच्चाउने बिषय राख्ने थिए भन्ने खुलेको छैन् । स्वतन्त्र सांसदको स्वतन्त्रताको हवाला दिदैं आएका ंिसंह आफै नांगिएका छन् तर त्यसको कुनै अर्थ छैन् र लाग्दैन पनि ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अमरेशकुमार सिंह, #बैठकमा अर्धनग्न, #स्वतन्त्र सांसद अमरेशकुमार
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्