स्वतन्त्र सांसद अमरेशकुमार सिंह संसद बैठकमै अर्धनग्न ! मानसिक अस्पताल लैजान सांसदको सुझाव
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंह संसद बैठकमै अर्धनग्न भएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए । तर, सभामुख देवराज घिमिरले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन ।
संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न पटक–पटक आग्रह गरेका थिए । सभामुखको चेतावनीपछि अमरेशले सट र गञ्जी लगाएका थिए ।
सांसद सिहंले बैठकमा उठेर कपडा खोलेपछि सभामुखले असभ्य व्यवहार नदेखाउन भन्दै प्रतिनिधि सभाको नियमावली अनुसार चेतावनी दिएपनि कारवाही भने गरेनन् ।
सांसद सिंहको सो गतिविधि देखेपछि सांसदलाई मानसिक अस्पताल लगेर उपचार गर्नुपर्ने माग गरेका छन् । उनीहरुले संसद बैठकमा यस्तो हर्कत नदेखाउन समेत चेतावनी दिएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #संसदमै अर्धनग्न, #सांसद अमरेशकुमार सिंह, #सिंह संसद बैठकमै अर्धनग्न
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्